चितवन विशेष

चितवनमा भोलिदेखि १५ दिनसम्म हिमाल डेन्टलले निःशुल्क दाँत परीक्षण शिविर गर्ने

Banner

चितवन, मंसिर ३०–

चितवन हिमाल डेन्टल प्रालिले निःशुल्क दाँतको शिविर गर्ने भएको छ ।

बिगत २० वर्षदेखि चितवनमा रहेर सेवा दिँदै आएको हिमाल डेन्टलले २१ औँ वार्षिकोत्सवको अवसरमा पुस १ गतेदेखि १५ गतेसम्म दाँत परीक्षण शिविरको आयोजना गर्ने भएको हो ।

१५ दिनसम्म चल्ने दन्त शिविरमा निःशुल्क दाँतको परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ट अर्थोडेण्टीकहरुद्धारा मिलाइने हिमाल डेन्टलका सञ्चालक जयराम जोशीले जानकारी दिए ।

उनको अनुसार शिविरमा गिजा सुनिने, श्वास गन्हाउने, गिजाबाट रगत आउने तथा पुरानोभन्दा पुरानो दन्तहर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा, सिमेन्ट भर्ने, नयाँ दाँत राख्नुका साथै झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने र दुखेको दाँतको जराबाटै उपचार (आरसीटी) समेत गरिने छ ।

भोलि आइतबारबाट दातका समस्या भएका बिरामीहरुले शहिदचोक नारायणगढ र चितवन मेडिकल कलेज अगाडि रहेको शाखाबाट समेत सेवा लिन सकिने जोशीले नारायणी अनलाइनलाई जानकारी दिए । साथै यस समयमा दाँत, मुख र गिजासम्बन्धी सम्पूर्ण बिरामीको उपचारमा ३० प्रतिशत छुट हिमाल डेन्टलले प्रदान गर्ने जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>