फुटबल

बार्सिलोना र पोर्टो अन्तिम १६ मा प्रवेश

Banner

काठमाडौँ, मंसिर २८–

स्पेनिस क्लब बार्सिलोना समूहको शीर्ष स्थानमा रहँदै च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा बार्सिलोना बेल्जियन क्लब एन्टरवेपसँग ३–२ गोल अन्तरले पराजित हुँदा पनि शीर्ष स्थानमै रहेको हो ।

यही समूहमा रहेको पोर्टोले सख्तर डोनेस्कलाई ५–३ गोल अन्तरले पराजित गरे पनि तालिकामा बार्सिलोनलाई पछि पार्न भने सकेन । अंकतालिकामा बार्सिलोना र पोर्टो दुवैको समान १२ अङ्क छ ।

बुधबारराति एन्टरवेपका लागि आर्थर भरमिरेनले गोल गर्दै अग्रता दिलाएका थिए । फेरान टोरेसले ३५ औँ मिनेटमा गोल गरेपछि बार्सिलोनाले खेल बराबरीमा ल्याएको थियो । ५६ औँ मिनेटमा भिनिसेन्ट जेनसनले गोल गर्दै फेरि एन्टरवेपलाई २–१ ले अघि बढाए ।

दोस्रो हाफको अतिरिक्त पहिलो मिनेटमा बार्सिलोनाले खेल २–२ को बरबरीमा ल्याएको थियो । बार्सिलोनका लागि मार्क गुयुले गोल गरेका थिए । लगत्तै एन्टरवेपले गोल थपेपछि बार्सिलोना पराजित हुन पुग्यो । एन्टरवेपका लागि जर्जले गोल गरेका थिए । बार्सिलोनलाई पराजित गरेको एन्टरवेपको यो पहिलो जित पनि बन्यो ।

यो समूहबाट बार्सिलोना र पोर्टोले अन्तिम १६ मा स्थान पक्का गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>