चितवन विशेष

भरतपुरमा व्यवसायीले बहाल कर तिर्नुपर्ने व्यवस्था हटाएकाेमा घरबहाल उपभोक्ता मञ्चकाे स्वागत

Banner

चितनव, मंसिर २७-
घरबहाल कर व्यवसायीले तिनुपर्ने बाध्यात्मक परिस्थितीलाई भरतपुर महानगरपालिकाले सहज गर्ने निर्णय गरेको भन्दै घरबहाल उपभोक्ता मञ्च चितवनले स्वागत गरेको छ । महानगरले आगामी दिनदेखि व्यवसाय कर मात्र दर्ता गर्न मिल्ने गरी सहज गरेको भन्दै स्वागत गरेको हो । यसअघि व्यवसाय कर तिर्दा व्यवसायीले घरबहाल कर समेत तिर्दै आएका थिए । महानगरले घरबहाल कर घरधनीको सम्पती करमा दाखिला गर्ने गरी तयारी थालेपछि मञ्चले स्वागत गरेको हो ।

चितवन जिल्ला अन्तरगतका महानगर सहित सात वटै पालिकामा कार्यान्वयन गर्न गराउनका लागि मञ्चका अध्यक्ष जनकलाल कट्टेले गरेका छन् । यसका लागि आवश्क सहजीकरण र समन्वयन गर्न मञ्च प्रतिवद्ध रहेको उनले बताए ।

‘मञ्चको स्थापना कालदेखिको एजेण्डा घरबहालका विषयमा देखिएका समस्या नै थियो । सम्बन्धित घरधनीलाई नै बहाल कर तिर्नुपर्ने हामीले भन्दै आएका थियौँ’,कट्टेलले भने ‘महानरपालिकाले अहिले घरधनीले तिर्नुपर्ने बताएको छ यसमा हाम्रो स्वागत छ।’

घरबहाल कर घरधनीसंग लिन र व्यवसायीलाई व्यवसाय कर तिर्न आउँदा अनिवार्य गरिएको, घरबहाल कर चुक्तालाई व्यवस्थित गर्न मञ्चले गरेको अपिल महानगरले स्वीकारेको मञ्चका निवर्तमान अध्यक्ष ख्याम नारायण पराजुलीले बताए । स्थानीय निर्वाचनबाट निर्वाचित भए लगत्तै महानगर प्रमुखलाई ज्ञापनपत्र मार्फत बुझाएको भन्दै अहिले आएर सार्थकता पाएको उनले बताए ।

समग्र बहालवाला व्यवयायीहरुले केही हदसम्म राहत महुशस गरेका मञ्चका सल्लाहाकार प्रभात ढुंगानाले बताए । यो नै प्रयाप्त नभएको भन्दै समस्या समाधानका लागि नीतिगत रुपमा नै परिमार्जन गर्नुपर्ने उनले बताए ।

घरबहाल उपभोक्ता मञ्चले विगत देखि नै घरबहाल करको आवाज उठाउँदै आएको थियो । मञ्चले कोभिड महामारी र सडक विस्तारको मारमा परेका व्यसायीलाई दिने भनेको २० प्रतिशत भाडा छुट दिन समेत अनुरोध गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>