चितवन विशेष
व्हिलचेयर पाउँदा भरतपुरकी धनमाया खुसी

चितवन, मंसिर २७-
भरतपुर महानगरपालिका–२ की धनमाया भुजेल व्हिलचेयर पाउँदा खुसी भएकी छन् ।
अर्काले बोकेर हिँडडुल गराउनु पर्ने समस्या भएकी भुजेलले अधिकृत व्यवसायी संघ चितवनबाट व्हिलचेयर पाउँदा हर्षित बनेकी हुन् । उनले अब व्हिलचेयर सहयोग प्राप्त भएकोले समस्या समधान हुने आशा व्यक्त गरिन् ।
धनमायालाई व्हिलचेयर हस्तान्तरण गर्दै अधिकृत व्यवसायी संघका अध्यक्ष नारायण प्रधानले संघले व्यवसायीमुखी काममा मात्र सिमित नभई सेवामुखी कार्यमा सधैँ सक्रिय भएर लाग्ने बताए । अधिकृत व्यवसायी संघ चितवनका उपाध्यक्ष रामजी घिमिरेले संयोजन गरेको कार्यक्रममा नेपाल बितरक महासंघका उपाध्यक्ष एवम् अधिकृत व्यवसायी संघ–चितवनका पूर्वअध्यक्ष दुर्गाप्रसाद गौतम, अधिकृत व्यवसायी संघका निवर्तमान अध्यक्ष रविकुमार श्रेष्ठ, पूर्वअध्यक्ष प्रद्युन्न सापकोटा, जीवनाथ पौडेल, महासचिव मनोज रौनियार, कार्यसमिति सदस्य उद्धव अधिकारी, मनोज न्यौपाने, निर्मल ढकाल, नितेश महेश्वरी र धनमायाँ भु्जेलको श्रीमानको सहभागिता रहेको संघका महासचिव मनोज रौनियारले जानकारी गराए ।

























