पत्रपत्रिका

अस्पतालद्वारा मृत्यु घोषणा नगरेको दाबी

०
Banner

इटहरी, मंसिर २६-

विराटनगरस्थित मेट्रो न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भए भनिएका इनरुवा–३ का ४५ वर्षका प्रताप सदा मुसहर जीवित पाइएको विषयलाई लिएर सो अस्पतालका तर्फबाट सदाको मृत्यु भएको घोषणा नगरिएको दाबी अस्पतालले गरेको छ । बरु उपचार नगर्ने भनी बिरामीको परिवारबाट कागजातमा सही गरेर लगेको पनि अस्पतालले जनाएको छ ।

तर मृत्यु भएको भनेर एक सयभन्दा बढी मलामीसमेत भेला भई दाहसंस्कारका लागि घाटमा लैजान लागेको अवस्थामा जीवित देखिएका प्रतापकी श्रीमती सीता सदाले सोमबार पनि अस्पतालले ‘आफ्ना पतिको मृत्यु भएको र उपचारका क्रममा लागेको खर्च अस्पताललाई बुझाएर शव लैजानु भनेको’ पुनः दाबी गरेकी छन् ।

सो अस्पतालका कार्यकारी प्रमुख सन्तोष मेहताले अस्पताल प्रशासनले उपचारको क्रममा रहेका प्रतापलाई सघन उपचार कक्षमा (आइसियु)मा राखेर उपचार गरिएको तर कसैले पनि निजको मृत्युको घोषणा नगरेको बताए । बरु विपन्न परिवारमा रहेका निजको उपचारका लागि अस्पतालले ५० प्रतिशत छुट गरेको उनको दाबी छ ।

आफ्नो अस्पतालमा शवगृहसमेत नभएको र निजको उपचारका क्रमको सिसी क्यामराको भिडियो पनि रहेको उनको भनाइ छ । उनले आकस्मिक कक्षमा भर्ना गरिएका प्रतापको प्रारम्भिक उपचारमा फिजिसियन चिकित्सक दिनेश न्यौपाने खटिएको र पछि उनलाई आइसियुमा भर्ना गरिएको बताउँदै आफ्नो अस्पतालको बदमान गर्ने उद्देश्यले सो घटना प्रायोजित रूपमा घटाइएको कार्यकारी प्रमुख मेहताको भनाइ छ ।

अस्पतालले मृत घोषणा गरी उपचार खर्च लिएर पठाइएका प्रतापको अन्तिम संस्कारका लागि चिता, कात्रोलगायतका सामग्री जुटाएर मलामीसमेत भेला भई घाट लैजान लागेको व्यक्ति जीवितै रहेको पाइएको थियो । निजकी श्रीमती सीताले सोमबार इनरुवास्थित जिल्ला प्रहरी कार्यालय सुनसरीमा घटनाको विस्तृत जानकारी गराउँदै अस्पतालले मृत्यु भयो, पैसा तिरेर शव लानु भने पनि चन्दा सङ्कलन गरी अस्पताललाई रकम बुझाएर प्रतापलाई लिइएको दोहो¥याएकी छन् । यो समाचार गोरखापत्र दैनिकमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>