राजनीति
शेखर र गगनबीचको द्धन्द्ध मत्थर गराउने प्रयास
०

काठमाण्डौँ, मंसिर २५-
कांग्रेसका संस्थापन इतर नेताहरु शेखर कोइराला र गगन थापाबीच आन्तरिक द्वन्द्व मत्थर गराउने प्रयास भएको छ । सोमबार साँझ नेता अर्जुननरसिंह केसीले नेता शेखर र महामन्त्री गगनलाई डाकेर समाधान प्रयास गरेका हुन् ।
शेखर आफूले मंगलबारलाई डाकेको भेला बुधबारलाई सार्न सहमत भएका छन् । यसअघि शेखरले आफूसँग सल्लाह नगरी बैठक राखेकामा महामन्त्री थापा असन्तुष्ट थिए । एक दिन सारेपछि उनी पनि बैठकमा भने जान सहमत भएका छन् ।
बैठक सारेर सबैलाई सहभागी गराउने गरी सामूहिक रुपमै संयोजन गरेर जाने प्रयास गरेको बताइएको छ । नेता केसी महामन्त्री थापाका ससुरासमेत हुन् । जसले इतर संस्थापन पक्षका नेताबीच विगतदेखि नै मेलमिलाप प्रयास गर्दै आएका छन् । पछिल्ला दिनमा एक अर्कालाई खुलेरै असहयोग गरिरहेका शेखर र गगनबीच संवाद समेत हुन सकेको थिएन ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























