Breaking News

भ्रष्टचारले देश टाट पल्टिसक्यो, ८८४ सांसद र १३५ मन्त्रीको व्यवस्थापन गर्दैमा ठिक्क छः विक्रम पाण्डे

Banner

चितवन, मंसिर २५-

राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डेले भ्रष्टचारले देश टाटा पल्टिसकेको बताएका छन् । माडीमा आज बैकुण्ठेश्वर मेलामा आयोजित वृहत् सांस्कृति कार्यक्रममा बोल्दै नेता पाण्डेले देश टाट पल्टिएकोले विकासका योजनामा बजेट ल्याउन नसकेको बताएका छन् । उनले भने, ‘ विकासको योजनामा भए पो बजेट ल्याउनु । भएपो लिएर आउनु ।’

चितवन क्षेत्र नम्वर ३ का सांसद समेत रहेका नेता पाण्डेले आफूले धेरै भाषण गर्न नचाएको भन्दै गणतन्त्र भनेको त यस्तो पो हुदो रहेछ भन्दै व्यङ्ग्य गरे । उनले भने, ‘विश्वको उत्कृष्ट व्यवस्था, गणतन्त्र र लोकतन्त्र भनेर चर्चा गरेको मैले सुने । म काम गर्न चाहने मानिस हो । तर, देश टाट पल्टिएको छ ।’ उनले देशमा उद्योग धन्दा दुई चारवटा मात्र केही मान्छेहरुको पार्टनरशिपमा चलेको आरोप लगाए । उनले भने, ‘विकास निर्माण बन्द, कर्मचारीले तलब खान पाएनन् । आन्तरिक ऋण उठाएर तलब खुवाएका छन् । गरिब जनताले तिरेको कर सांसद ८८४ सांसद र १३५ मन्त्रीको व्यवस्थापन गर्दैमा ठिक्क छ ।’ उनले विकास निर्माणको काम सबै बन्द भएको भन्दै सरकारले गत वर्षको पनि पैसा दिन नसकेको बताए ।

नेता पाण्डेले माडीको मेयर ताराकाजी कुमारी महतोको प्रशंसा गर्दै यस्तो अवस्थामा विकासका लागि कम्मर कसेर लागिरहेको बताए । पाण्डेले भने, ‘ तपाइँहरुको हरेक कदममा साथ दिएर अगाडि बढ्न लागिरहन्छु । माडी जहिलेसम्म राम्रो हुँदैन त्यस बेलासम्म म विश्राम लिन्न । यसलाई सुनको थाली बनाउन चाहन्छु । अहिले नभएको माडीको विकास कहिले हुन्छ ? ।’ एउटै पार्टीको मानिस माथिदेखि तलसम्म रहँदापनि जनताको पक्षमा काम गर्न नसकेको नेता पाण्डेले बताए । उनले माडीमा ऋषिमुनिहरुले तपस्या गरेको ठाउँ भएको भन्दै भगवान राम यहाँ बसेको बताए । उनले भने, ‘दानवरुपी व्यक्तिहरुले धर्म संस्कृतिलाई उजाडेको छ । सबै धर्म संस्कृतिको जगेर्ना हुनुपर्छ । म माडीलाई विश्वको सबैभन्दा राम्रो बनाउनु पर्छ भनेर हिडेको मानिस हुँ । तपाइँहरुले त्यसकारणले मलाई साथ दिनुभएको छ ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>