देश/प्रदेश

आठ महिना अगाडि अन्तरिक्षमा उडेर हराएको टमाटर भेटियो

Banner

काठमाडौं, मंसिर २५-

अन्तरिक्ष स्टेसनबाट हराएको टमाटर फेला परेको छ । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनले दिएको जानकारी अनुसार स्पेस स्टेसनमै फलाइएको उक्त टमाटर भेटिएको हो ।

अन्तरिक्ष प्रकाशको सहायताले उत्पादन गरिएको रेड रोबिन टमाटर भेटिएको छ । टमाटर साढे दुई सेन्टिमिटर चौडाईको भएको रुसी सरकारी विश्व च्यानल आरटीले उल्लेख गरेको छ ।

गत मार्च २९ मा अन्तरिक्षमा फलाइएको टमाटर अन्तरिक्ष यात्रुहरुले खाएका थिए । तर, अमेरिकी अन्तरिक्ष यात्रु फ्राङ्क रुबिओले पाएको एक टमाटर भने उडेर हराएको थियो । सोहि टमाटर आठ महिनापछि फेला परेको हो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area