खेलकुद

भरतपुरमा सप्तगण्डकी क्याम्पसको खेल सप्ताहमा भलिबलमा २७ टिम र बास्केटबलमा १४ टिम भिड्दै

Banner

चितवन, मंसिर २५-

भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसको वार्षिकोत्सवको अवसरमा खेल सप्ताह सुरु भएको छ ।

२९ गतेसम्म चल्ने खेल सप्ताह प्राध्यापकहरुको दुई समूहले भलिबल प्रतियोगिताको उद्घाटन खेल खेलेर उद्घाटन गरेका हुन् ।

खेल सप्ताहमा सुरु भएको अन्तर तह भलिबल प्रतियोगितामा छात्रतर्फ १८ टिम र छात्रातर्फ ९ टिमको बीचमा प्रतिस्पर्धा हुने भएको छ भने बास्केटबलमा छात्राको ५ टिम र छात्रको ९ टिमबीचमा प्रतिस्पर्धा हुँदै छ । त्यसैगरी सटफुटमा छात्राहरु २३ जना र छात्रहरु ५४ जना भिड्दै छन् भने टेबल टेनिसमा केटाहरु ४४ जना र छात्राहरु ९ जनाले प्रतिस्पर्धा गर्ने खेलकुद सप्ताह मूल आयोजक समितिका संयोजक भूपेन्द्र खड्काले नारायणी अनलाइनलाई जानकारी दिए । यसै सप्ताहअन्तर्गत मंसिर २९ गते क्याम्पसमा हुने ‘ सप्तगण्डकी ट्यालेन्ट शो’ मा विद्यार्थीहरुले नृत्य, गीतसंगीत, कविता, गजल, फेशन शोलगायत प्रस्तुत गर्दे छन् ।

खेलकुद सप्ताहअन्तर्गत आज भएका आठ वटा भलिबल खेलमा कक्षा ११ व्यवस्थापन, बीएड पहिलो वर्ष, १२ व्यवस्थापन, बीसीए विजयी भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>