चितवन विशेष
खाली जग्गामा विद्युतीय पुस्तकालय बनाउने महानगरको निर्णयप्रति वडा अध्यक्ष र स्थानीयको अवरोध
चितवन, मंसिर १९–
अमेरिकामा बसोबास गर्ने नेपालीहरुले सञ्चालन गरेको संस्था नेपाल जर्नीले भरतपुर महानगरपालिकाको खाली जग्गामा विद्युतीय पुस्तकालय निर्माण गर्ने योजनामा वडा अध्यक्षले असहमति जनाएका छन् ।
नेपाल जर्नीले भरतपुर–४ वडा कार्यालयसँगैं रहेको खाली जग्गामा पुस्तकालय भवन निर्माण गर्न भरतपुर महानगरपालिकासँग भएको सम्झौता प्रति वडा अध्यक्ष अर्पण पोखरेलले असहमति जनाएका हुन् ।
कार्यपालिकाको निर्णय अनुसार नै भरतपुर महानगरपालिका, नेपाल जर्नी अमेरिका र नेपाल जर्नी चितवनबीच संयुक्तरुपमा सम्झौता भएको जग्गामा वडा कार्यालयसँग समन्वय नगरी भवन निर्माण गर्न लागेको भन्दै वडा अध्यक्षले निर्माण कार्य हुन नदिने बताएकाछन् ।
अपांगमैत्री भवन निर्माणको लागि भरतपुर महानगरपालिकाले २ कठ्ठा १० धुर जग्गा नेपाल जर्नीलाई उपलब्ध गराएको छ ।
दुई करोड ८४ लाख ९५ हजार रुपैंयाँको लागतमा निर्माण हुन लागेको भवनको बिल्डकोन डिजाइन एण्ड डेभलपर्स प्रालि. भरतपुरले निर्माण सम्झौता गरेको छ । कन्ट्रयाक्टर र कन्सल्टेन्ट स्वयं रहेको प्रालिले यही मंसीर १२ गते भवन निर्माण सम्झौता गरेको हो । कम्पनीले दुइ वर्ष भित्र अर्थात विसं. २०८२ जेठ २ गते सम्ममा निर्माण कार्य पूरा गरी संस्थालाई हस्तान्तरण गरिसक्नु पर्नेछ ।
यता भरतपुर महानगरपालिका वडा नं. ४ का भवन निर्मास्थल वरीपरीका स्थानीयबासीले आफुरुले खुला ठाउँको रुपमा प्रयोग गर्दै आएको जग्गा भवन निर्माण बन्ने भने पछि असहमति जनाएका छन् ।
वडा अध्यक्षका अनुसार विसं. २०७६ सालमा वडासँग समन्व्य गरी एक चरणमा भवन निर्माणका लागि उपलब्ध गराएको जग्गामा भवन निर्माण नगरी समय अवधि सकिएको र दोस्रो चरणमा भरतपुर महानगरपालिकाले वडा अध्यक्ष संमन्वय नगरी नेपाल जर्नी संस्थालाई जग्गा हस्तान्तरण गरेको प्रति आपत्ति जनाएका छन् । आफू स्वयं सार्वजनिक सम्पति संरक्षण समितिमा रहे पनि यस विषयमा आफू अनविज्ञ भएकोले वडासँग समन्वय नगरी भवन निर्माण गर्न नदिने वडा अध्यक्ष पोखरेल भनाइ छ ।
शिक्षाबाट बञ्चित विपन्न परिवारका बालबालिकाहरुलाई लक्षित गरी उनीहरुको शिक्षामा सहयोग पु¥याउने उद्देश्यले संस्थाको स्थापना गरिएको नेपाल जर्नीका नेपाल शाखा अध्यक्ष कमलप्रसाद आचार्यले बताए । अपांगमैत्री विद्युतीय पुस्तकालय निर्माणका लागि महानगरसँग सम्झौता भए पनि वडा नं. ४ का वडा अध्यक्षले सहयोग नगर्दा काम गर्न अप्ठेरो भएको उनले सुनाए । एक दिन अघि मात्रै भरतपुर महानगर, सुरक्षाकर्मी र नेपाल जर्नीका नेपाल प्रतिनिधिहरुको संयुक्त प्रयासमा निर्माण स्थलमा राखिएको वोर्ड वडा अध्यक्षकै रोहवरमा उखेलेर फालिएकोमा दुख लागेको उनले बताए । उनीहरुले नबुझेर जनताले गर्न लागेको काममा अवरोध गर्नुले स्थानीय प्रतिनिधि जनविरोधी भएको आभास भएको बताए । यस संस्थाले यस अघि पनि विभिन्न ठाउँहरुमा विद्यालय निर्माण, विद्यालय पोशाक, शैक्षिक सामग्री वितरणलगायतका कामहरु गरिरहेको छ । नेपाल जर्नी संस्थाका संरक्षक मौषमी श्रेष्ठ हुन् ।