देश/प्रदेश

८ दिनपछि काठमाडौंमा भेटिए दाङबाट हराएका १२ वर्षीय बालक

Banner

काठमाडौँ, मंसिर ८-

दाङबाट सम्पर्कविहीन भएका बालक आठ दिनपछि काठमाडौंमा फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका ७ गणेशपुरस्थित घरबाट सम्पर्कविहीन भएका १२ वर्षीय बालक आनन्द रेग्मी हिजो (आइतबार) आठ दिनपछि गोंगबु बसपार्क क्षेत्रको चिल्ड्रेन पार्कमा चाउचाउ खाँदै बसिरहेको अवस्थामा फेला परेका हुन् ।

उनका बुवा जीवराज रेग्मीले आठ दिनपछि छोरो सकुशल फेला परेको बताएका हुन् । । खेल्न जान लागेको भन्दै घरबाट निस्किएका आनन्द मंसिर १४ गते राति अबेरसम्म नफर्किएपछि अभिभावकहरुले खोजी सुरु गरेका थिए । प्रहरीले पनि खोजी जारी राखेको भए पनि जीवराज आफैंले छोरालाई फेला पारेका थिए ।

बुवा जीवराजका अनुसार उनको छोरा आनन्द मंसिर १२ गते तुलसीपुरबाट काठमाडौं जाने नाइट बस चढेका थिए । भोलिपल्ट उनी बालाजु माछापोखरीमा ओर्लिएका थिए ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area