राजनीति
दलित खुला केन्द्रीय सदस्यमा डा. डि.बी. सुनारको ३ हजार १६० मत

काठमाडौं ,असोज २९-
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (दलित खुला) तर्फ ६ हजार ५०० मत गणना हुँदा डा. डि.बी. सुनारले सबैभन्दा बढी ३ हजार १६० मत प्राप्त गरेका छन् । सागर परियारले २ हजार ६७८ र हरिशरण नेपालीले २ हजार ४४४ मत पाएका छन् ।
मतगणनाको पछिल्लो विवरणअनुसार मन्जित ताम्राकारले १ हजार ८८९, राजु परियारले १ हजार ६९५, अम्बर बहादुर बराईलीले १ हजार ६७९, दीपक सोनीले १ हजार ६२५ र दिनेश सुनारले १ हजार ५५६ मत प्राप्त गरेका छन् ।
त्यस्तै, ईश्वर बहादुर परियारले १ हजार ४५६, मन बहादुर विश्वकर्माले १ हजार ४५०, शिव बहादुर सुनारले १ हजार ४१३, रमेश वि।क।ले १ हजार ४०४, चक्र बहादुर नेपालीले १ हजार ३३१ र बाबुराम विश्वकर्माले १ हजार २६१ मत पाएका छन् ।
सूर्य बहादुर वि.क.ले १ हजार २५१, मैकुलाल वाल्मिकिले १ हजार २५२, रमेश ताम्राकारले १ हजार १९२, श्याम कुमार मीरतीले १ हजार १३३, धन बहादुर रसाईलीले १ हजार ४ मत र मुक्त बहादुर महतेले ९९६ मत प्राप्त गरेका छन् ।
निर बहादुर विश्वकर्मा (विमल घमाला)ले ९९३, राम कुमार नेपालीले ९८०, भिउसिन दमैले ९४७, लोकेन्द्र बहादुर वि।क।ले ९४६, दिल बहादुर विश्वकर्माले ९३५, रामु नेपालीले ८९६, रोहित विश्वकर्माले ८८७ र गोवर्धन कोलीले ८५९ मत पाएका छन्।
त्यसैगरी, वीर बहादुर विश्वकर्मा (कमल) ले ६८५, जबर बहादुर वि।क।ले ६७२ र डम्भर बहादुर गोल्डस्मिथले ७७८ मत प्राप्त गरेका छन् । सञ्जु सिंह विश्वकर्माले ९५३ मत पाएका छन् ।

























