देश/प्रदेश

प्रेस काउन्सिलले थप १८ वटा युट्युब च्यानललाई कारबाही गर्ने

Banner

काठमाडौँ, मंसिर १८-

दर्तारसूचीकरण नभइ अफवाहपूर्ण सामग्री सम्प्रेषण गर्ने युट्युब च्यानललाई प्रेस काउन्सिल नेपालले कारबाही गर्ने भएको छ । दर्तारसूचीकरण नभइ अफवाहपूर्ण सामग्री सम्प्रेषण गर्ने १८ युट्युब च्यानललाई आवश्यक कारबाही गर्न काउन्सिलले सिफारिस गरेको हो ।

मिडियाअन्तर्गत आबद्ध नभएका सामाजिक सञ्जाल (युट्युब च्यानल) बाट सम्प्रेषित सामग्रीको अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो)मा पत्राचार गरिएको काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । मिडियाअन्तर्गत सञ्चालनमा रहेकाको हकमा पत्रकार आचारसंहिताको व्यवस्थाबमोजिम नै कारबाही प्रक्रिया अगाडि बढाइएको विज्ञप्तिमा उल्लेख छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area