अर्थ

नेपाली बजारमा लगातार सुनको भाउको नयाँ रेकर्ड, तोलाको १ लाख २१ हजार नाघ्यो

Banner

काठमाडौं, मंसिर १८-

लगातार दोस्रो दिनपनि सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । हिजो (आइतबार) प्रतितोला एक लाख २० हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज ( सोमबार ) आठ सयले बढेर एक लाख २१ हजार ६ सय रुपैयाँ कायम भएको हो ।

त्यस्तै, आइतबार प्रतितोला एक लाख २० हजार २ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज बढेर एक लाख २१ हजार रुपैयाँ कायम भएको छ ।

सोमबार बजारमा चाँदी प्रतितोला एक हजार ५ सय ४५ रुपैयाँमा स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area