समाचार

राष्ट्रिय सभा चुनावको उम्मेदवारी दर्ता पुस २३ गते

०
Banner

काठमाडौं, मंसिर १७-

निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको उम्‍मेदवारी दर्ता तय गरेको छ । आइतबार आयोगले विज्ञप्ति जारी गर्दै राष्ट्रिय सभा निर्वाचनको उम्‍मेदवारी दर्ता पुस २३ गते विहान १० बजेदेखि ३ बजेसम्‍म तय गरेको हो ।

यस्तै मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी अन्तिम नामावली पुस २६ गते प्रकाशन हुनेछ भने यस्तै उम्‍मेदवारले नाम फिर्ता लिने पुस २७ गतेपछि उम्‍मेदवारको अन्तिम नामावली प्रकाशन दिउँसो २ बजे हुने आयोगले जनाएको छ ।

यस्तै उम्मेदवारलाई निर्वाचन चिह्न पुस २८ गते विहान १० बजेदेखि १ बजेसम्‍म उपलब्ध गराउने आयोगले जनाएको छ ।

हेर्नुहोस् विज्ञप्ति:

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>