नवलपरासी

नवलपरासीबाट भन्सार छली ल्याएको २७ क्वीन्टल चिनी बरामद

Banner

नवलपरासी, मंसिर १६-

पूर्वी नवलपरासीमा प्रहरीले ५४ बोरा चिनी बरामद भएको छ। प्रहरीले शुक्रबार लुकाएर राखिएको २७ क्वीन्टल चिनी बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट-सुस्तापूर्व)का सूचना अधिकारी इन्स्पेक्टर सुदर्शन पन्थीले झन्डै २७ क्वीन्टल चिनी भारतबाट भन्सार छलेर ल्याइ लुकाएर राखिएको अवस्थामा बरामद भएको जानकारी दिए।

उनका अनुसार बर्दघाट नगरपालिका-१५ नौडिहवास्थित धर्म न्यौपानको कोही नबस्ने घरमा लुकाइछिपाइ राखिएको अवस्थामा ५० किलोका ५४ बोरा चिनी बरामद गरिएको हो।

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>