समाचार

मोटरसाइकल किनेको २८ हजार रुपैयाँ तिर्न नसक्दा आत्महत्या प्रयास,यसरी गरियो उद्धार

Banner

काठमाडौं,मंसिर १०-

मोटरसाइकल किनेको २८ हजार रुपैयाँ तिर्न नसक्दा आत्महत्या गर्न लागेका एक युवकलाई राजधानीको ताहाचलबाट प्रहरीले बचाएको छ। मोरङ अटो वर्क्सले २८ हजार रुपैयाँ नतिरे मोटरसाइकल लैजाने र घर पनि लिलाम गर्ने धम्की दिएको ती युवकले फेसबुक लाइभमा बताएका थिए। उनले आत्महत्याको प्रयास गर्दै गर्दा काठमाडौँ प्रहरी परिसरको टोलीले उनलाई जीवितै उद्धार गरेको थियो।

उनले २ वर्षअघि २ लाख १५ हजारमा ८ प्रतिशत ब्याजमा किस्तामा यामाहाको रेजेडआर मोटरसाइकल लिएको र अहिले १८ प्रतिशत ब्याज बनाइएको लाइभमा बताएका थिए। अहिलेसम्म ४ लाख ५४ हजार रुपैयाँ तिरिसक्दा पनि १० गते (आज) सम्म २८ हजार रुपैयाँ नबुझाए बाइक पनि लैजाने र घर पनि लिलाम गर्ने धम्की मोरङ अटो वर्क्सले दिएको उनले लाइभमा बताएका थिए।काठमाडौँ जिल्ला प्रहरी परिसरको टोलीले आत्महत्या गर्नै लाग्दा उनलाई ताहाचलबाट जीवितै उद्धार गरेको एसपी कुमोध ढुंगेलले जानकारी दिए।

फाइल तस्विर

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>