समाचार

लेडी जेसीज कप राष्ट्रिय महिला फुटबलको उपाधि अल स्टार एकेडेमी धनगढीले जित्यो

Banner

चितवन, मंसिर ०९-
अल स्टार स्पोर्ट्स एकेडेमी धनगढीले लेडी जेसीज कप राष्ट्रिय महिला फुटबलको उपाधि जितेको छ । आज (शनिबार) सम्पन्न फाइनल खेलमा रौतहट महिला फुटबल एकेडमीलाई १-० ले हराउँदै धनगढी च्याम्पियन बनेको हो ।

नेपाल प्रहरी शिक्षालय (भरतपुर तालिमकेन्द्र) मा भएको खेलमा धनगढीलाई विजयी गराउन बिर्सना चौधरीले निर्णायक गोल गरिन् । उनले पहिलो हाफमा गरेको गोल नै धनगढीलाई जिताउन पर्याप्त भयो । बिर्सना नै प्लेयर अफ दि म्याच बनिन् । उनले पाँच हजार रुपैयाँ प्राप्त गरिन् ।

च्याम्पियन बनेको धनगढीले ट्रफीसहित दुई लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेतामा सीमित रौतहटले एक लाख रुपैयाँमा चित्त बुझाएको छ । च्याम्पियन टिमकी कप्तान निरु थापा प्लेयर अफ दि टुर्नामेन्ट बनिन् । उनले ट्रफीसहित २० हजार रुपैयाँ प्राप्त गरिन् ।

धनगढीकी उषा नाथ प्रतियोगिताभरको उत्कृष्ट गोल किप्पर, रौतहटकी समिक्षा घिमिरे उत्कृष्ट डिफेन्डर, रौतहटकै इशा राना मगर उत्कृष्ट मिड फिल्डर र धनगढीकी ममता पुन मगर उत्कृष्ट फर्वाड घोषित भए । यस्तै धनगढीका सुरज तामाङ उत्कृष्ट प्रशिक्षक बने । उनीहरूले जनही १०/१० हजार प्राप्त गरे ।

नारायणगढ लेडी जेसीजको आयोजना तथा चितवन जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा सम्पन्न प्रतियोगितामा ८ टोली सहभागी थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>