देश/प्रदेश
गौशाला सडककिनार अतिक्रमण गरी बनाएका संरचना महानगरले भत्कायो
०

काठमाडौँ, जेठ ६-
काठमाडौं महानगरपालिकाले गौशाला चोकमा सडक क्षेत्र मिचेर बनाएका घर टहरा भत्काएको छ ।
आईतवार महानगरपालिकाले मापदण्ड विपरित जग्गा अतिक्रमण गरी बनाइएका घर टहरा डोजर लगाएर भत्काएको हो ।
गौशाला चोक आसपासमा सडककिनार अतिक्रमण गरी बनाइएका घर टहरा र सटरहरु भत्काएको महानगरपालिकाले बताएको छ । महानगरपालिकाले शुक्रवार मात्रै भत्केको पुल आसपासका अवैध संरचनाहरु भत्काएको थियो । महानगरपालिकाले मापदण्ड विपरित बनाएका महानगरपालिका भित्रका संरचनाहरु भत्काउँदै आएको छ । —न्युज एजेन्सी नेपाल
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>

























