समाचार

चितवन नारायणी महोत्सवमा आज शिव परियारको विशेष प्रस्तुती रहने

Banner

चितवन, मंसिर ९-

नारायणी नदी किनारमा जारी चितवन नारायणी महोत्सवमा आज शिव परियार लगायतका चर्चित कलाकारहरु आउने भएका छन् । महोत्सवको चौँथो दिन आज कलाकारहरु महेश काफ्ले र सञ्जना श्रेष्ठ पनि आउने आयोजकले जनाएको छ ।

महोत्सवमा दैनिक राष्ट्रिय स्तरका कलाकारहरुले प्रस्तुती दिँदै आएका छन् । लागुऔषध विरुद्धको अभियानका लागि रिकभरिङ युनाईटेड प्रालि र औद्योगिक शान्ति नेपालले महोत्सव आयोजना गरेका हुन् ।

महोत्सवमा २८० वटा स्टलहरु रहेको रिकभरिङ युनाईटेड प्रालिका अध्यक्ष रविन श्रेष्ठले बताए । हिजो (शुक्रवार)सम्म ४० हजार दर्शकले महोत्सव अवलोकन गरेको उनले बताए ।

उनका अनुसार महोत्सव अवलोकनका लागि विद्यार्थीलाई ५० रुपैयाँ र अन्यलाई ७० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>