समाचार

जातीय विभेद कसुरमा पोखरा–२४ का वडाध्यक्षलाई साढे ४ महिना कैद सजाय

Banner

कास्की,मंसिर ७ –
जातीय विभेद कसुरमा पोखरा महानगरपालिका–२४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई जिल्ला अदालत कास्कीले साढे चार महिनाको कैद सजाय सुनाएको छ ।

आज बिहीवार जिल्ला अदालतका न्यायाधीश अवनी मैनाली भट्टराईको एकल इजलासले वडाध्यक्ष अधिकारीलाई साढे चार महिना कैद सजाय सुनाएको हो । फैसलामा अधिकारीलाई तीन महिना कैद र ५० हजार रुपैयाँ जरिबाना भनिए पनि जनप्रतिनिधि भएकाले ५० प्रतिशत थप सजाय तोकिएको छ ।

अधिकारीले साढे चार महिना कैद र ७५ हजार रुपैयाँ जरिबाना र १० हजार पीडित महिलालाई क्षतिपूर्ति दिनुपर्ने फैसलामा उल्लेख छ । जातीय दुर्व्यवहार तथा छुवाछुतको आरोप लागेका अधिकारी २०७९ माघ ९ गते एक लाख ५० हजार रुपैयाँ धरौटीमा छुटेका थिए ।
पोखरा–२४ की वडा सदस्य मैया नेपालीले वडाध्यक्ष अधिकारीलाई जातीय विभेद गरेको भन्दै कारबाहीको माग गर्दै २०७९ पुस २४ मा जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दर्ता गराउनुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>