बजार

चार महिनामा नेपालमा ११ अर्बको मोबाइल भित्रियो

Banner

काठमाडौं, मंसिर ७-

चालु आर्थिक वर्ष २०८०\०८१ को पहिलो चार महिनामा नेपालले ११ अर्ब ५३ करोड ९ लाख पाँच हजार रुपैयाँको स्मार्टफोन आयात गरेको छ ।

भन्सार विभागका अनुसार २०८० साउन, भदौ, असोज र कात्तिक महिनामा नेपालले उक्त रकम बराबरको स्मार्टफोन आयात गरेको हो ।

पछिल्लो चार महिनामा नेपालले उक्त रकममा सात लाख ७१ हजार ३२६ थान स्मार्टफोन आयात गरेको छ । यस्तै, सोही अवधिमा नेपालले ३८ करोड ७४ लाख ९३ हजार रुपैयाँको अन्य मोबाइल फोन आयात गरेको भन्सार विभागले बिहीबार सार्वजनिक गरेको पछिल्लो चार महिनाको आयात÷निर्यात विवरणमा उल्लेख छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>