गण्डकी

अमेरिकामा व्यवसाय गर्ने सुवेदी दम्पत्तीद्वारा भूकम्पपीडितलाई सहयोग

Banner

जाजरकोट, मंसिर ७-

नेपालको सामाजिक सेवामा उल्लेख्य योगदान दिँदै आएका समाजसेवी दम्पती मेघ सुवेदी र मनु सुवेदीले  पश्चिमका भूकम्पपीडितलाई सहयोग गरेका छन् ।

सुवेदी दम्पतीले अमेरिकामा सञ्चालन गरेको सेजल एण्ड सिस्टर टुर्स एण्ड ट्राभल्समार्फत् भूकम्पपीडितलाई आर्थिक सहयोग प्रदान गरेको हुन् ।

नेपालको बिकट जिल्ला मानिने जाजरकोट र रुकुम पश्चिममा भएको भूकम्पका कारण निधन भएका प्रति व्यक्ति नगद १५ हजारका दरले तथा घाइते परिवारलाई ५ देखि ८ हजारका दरले स्वय् उपस्थिति भईपीडित परिवारहरुलाई सहयोग हस्तान्तरण गरेका छन् ।

त्यसो त उनले अमेरिकामा नै बसेर सहयोग गर्ने रकम सिधै प्रधानमन्त्री राहत कोष मार्फत् नै जम्मा गरिदिन पनि सक्थे तर उनको र उनको परिवारको चाहना अनुसार पीडित परिवारमा सहानुभूति र पीडितलाई जति सक्दो आफ्नो तर्फबाट थप के कस्ता सहयोग गर्न सकिन्छ भन्ने हेतुले नेपाल आएर विनाशकारी भूकम्पस्थल पुगी पीडित परिवारलाई नगद हस्तान्तरण गरेका छन् । मेघ सुवेदीलाई साथ दिन चर्चित रंग पत्रकार प्रकाश सुवेदी, वरिष्ठ चलचित्रकर्मी छविराज ओझा, संस्थाका नेपाल प्रतिनिधि एवम् नायक सञ्जित भण्डारी, पत्रकार राज लुइँटेल , फिल्म निर्माता निर्देशक शंकर घिमिरे, समाजसेवी मोहन थापा, फिल्मी पत्रकार अनुप भट्टराई , निशा बजगाई, रचना गौतम, वातावरण पत्रकार कोमल चन्द्र भगवत, कुबेर तमाङ, मोहमद् जालिम , कलाकार सम्रान्त थापा तथा बरिष्ठ पत्रकार हरिहर सिँह राठौरलगायतका व्यक्तिहरु राहत वितरण कार्यक्रममा उपस्थित थिए । नगद वितरण कार्यक्रममा वास्तविक भूकम्पपीडित र सत्यतथ्य विवरण उपलव्ध गराउने तथा समन्वयनकारी कार्यका लागि समाजसेवी नरबहादुर कार्कीले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

नगद वितरण कार्यक्रममा सहभागी हुने व्यक्तित्वहरुले विदेशी भूमिमा रहेर पनि स्वदेशमा आवश्यक परेको बेला पीडितको आवश्यकता अनुसार सहयोगका लागि तत्कालै नेपाल आएर भूकम्पपीडितलाई राहत प्रदान गरेकोमा समाजसेवी सुवेदी दम्पतीलाई धन्यवाद दिएका थिए । यसै गरी भूकम्प प्रभावित क्षेत्रका स्थानीय तथा पीडितहरुले सरकार र दलका नेताले आएर मुख मात्र देखाएर गइँरहदा विदेशमा बसेका सुवेदीले आएर यसरी नगदै राहत सहयोग गरेकामा भगवान नै आएर मलम लगाएको महसुस भएको कुरा बताएका थिए । व्यक्तिगत रुपमै घाइते र मृतक व्यक्तिलाई यसरी स्वय् उपस्थिति भई उनीहरुको घाउमा मलम लगाउन सात समुन्द्र पारी देखि आएर यसरी सहयोग गरेको देख्दा आफूहरु सुवेदी दम्पती प्रति निकै प्रभावित भएको कुरा वरिष्ठ सञ्चारकर्मी प्रकाश सुवेदीले बताए । यसैगरी निर्माता निर्देशक छविराज ओझाले व्यक्तिगत रुपमै ठूलो रकम यसरी पीडितलाई सहयोग गर्नु सुवेदी दम्पत्तीको महानतादेखि आफू निकै भावुक भएको कुरा सुनाए । एकै व्यक्तिले यति ठूलो रकम पीडितहरुलाई हस्तान्तरण गर्दा प्रचार प्रसार पनि उतिकै हुन्थ्यो होला तर उनी प्रचारमुखी भन्दा निस्वार्थ सेवामुखी भएका कारण उनले गरेका यस अघिका धेरै धनराशी सहयोगको कुनै चर्चा पनि भएन र गर्न पनि चाहदैनन् निर्देशक ओझाले भने ।

नायक सञ्जित भण्डारीका अनुसार समाजसेवी सुवेदी दम्पत्तीका छोरीहरु सेजल र सिस्टरले आफ्नो खाजाको लागि छुट्याइएको रकम संकलन गरी नेपालमा दुःखी र असाहयलाई सहयोग गर्दै आइरहेका छन । यसो त सुवेदी दम्पती नेपालमा हुने विभिन्न दैवी प्रकोपमा परेका पीडितहरुको मात्र नभै नियमित रुपमै दुःखकष्ट भोगेका जनताको दुःखमा जोडिदै आएका छन् । मानव सेवा नै धर्म हो भन्ने मान्यतालाई आत्मसाथ गर्दै दुःखीहरुलाई राहत र उनीहरुका खुसीका लागि निरन्तर लागि पर्दै आएका एक दयालु व्यक्तित्व मात्र नभएर वास्तविक समाजसेवी हुन् । उनले कोभिड महामारीको समयमा होस् वा बाढी पहिरो जस्ता विभिन्न प्राकृतिक प्रकोप पीडितहरुले दुःख पाइरहेको बेलामा सक्दो सहयोग गर्दै आएका छन् । सुवेदी दम्पतीले झापा जिल्लाका विभिन्न स्थानमा निःशूल्क स्वास्थ्य शीविर समेत सञ्चालन गर्दै आइरहेका छन् । झापाकै बेल डांगी शिविरका अपाङ्ग भई जिविकोपार्जन गर्न नसकेकाहरुलाई मासिक एक लाख बिस हजार सहयोग प्रदान गर्दै आइरहेका छन् ।

इन्ट्रा नेशनल वेलफेयर एण्ड सर्पोट फाउण्डेसन अफ अमेरिकाका संस्थापक सीएफओ समेत रहेका सुवेदीले सो संस्थाबाट करोडौं बराबरको विभिन्न राहत सामग्री नेपालका विभिन्न स्थानमा बितरण गर्दै आइरहेको छ । उनले हालै मात्र पर्सा र नवलपुर जिल्लाका विभिन्न विद्यालयमा शैक्षिक सामग्री बितरण गरेका थिए भने स्नेही काखलाई भवन निर्माणका लागि २१ लाख भन्दा बढी आर्थिक सहयोगदेखि लकडाउनको समयमा देशका विभिन्न स्थानमा दैनिक खाना वितरणदेखि मेलम्ची बाढीपीडितका लागि आवश्यक सहयोग गर्दै आइरहेका थिए ।

झापाकै बेल डाँगी शिविरका अपाङ्ग भई जिविकोपार्जन गर्न नसकेकाहरुलाई मासिक एक लाख बीस हजार सहयोग प्रदान गर्दै आइरहेका छन् । इन्ट्रा नेशनल वेलफेयर एण्ड सर्पोट फाउण्डेसन अफ अमेरिकाका संस्थापक सीएफओ समेत रहेका सुवेदीले सो संस्थाबाट करोडौं बराबरको विभिन्न राहत सामग्री नेपालका विभिन्न स्थानमा वितरण गर्दै आइरहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>