Breaking News

आन्तरिक पर्यटकको रोजाइमा नारायणी किनार, बोटिङ गर्न पर्यटकको भीड

Banner

पुजा ढकाल

चितवन, मंसिर ३-

पछिल्लो समय नारायणी नदी किनारमा मोटर बोटिङ (जल यात्रा) गर्न आउने आन्तरिक पर्यटकको संख्या बढ्दै गएको छ ।

कोरानाका कारण सुनसान जस्तै बनेको नारायणी किनारमा केही समय यता भने बोटिङ गर्न आउनेको चहल पहल किनारमा देखिन थालेको हो । चाडपर्वको मौसमसँगै नेपालीहरुको घुम्नै प्रचलन बढेकोले पनि नारायणी किनारमा मानिसहरुको चहलपहल बढ्दै गएको छ । चहलपहलले नदी किनारमा पुग्ने मानिसलाई समुन्द्र किनारमा पुगेजस्तै अनुभूति हुने गर्छ ।

विसं २०७२ सालमा मुग्लिङको कालीखोलादेखि गोलाघाटसम्म बोटिङ सञ्चालन गर्न नारायणी किनारको अध्ययन गरिएको भए पनि कालीखोलादेखि सानो गढीसम्मका लागि बोटिङ सञ्चालन गर्न आफूहरुले अनुमति पाएको आयुषमा मोटर बोटका अध्यक्ष विजयचन्द्र अधिकारीले जानकारी दिए । २०७५ सालबाट आफ्नो कम्पनीले नारायणीमा बोट सञ्चालन गर्दै आएको बताउँदै उनले भने, ‘सुरुवाती चरणमा ३÷४ वर्ष विश्वव्यापीे रुपमा फैलिएको कोरोनाका कारण व्यवसाय राम्रो नभए पनि गत वर्ष र यस वर्ष बोट राम्रो सञ्चालन भएको छ । अहिले दैनिक ५०० जनासम्म पर्यटक बोटिङको लागि आउने गरेको उनले जानकारी दिए ।

अहिले मोटर बोटिङको शुल्क प्रति व्यक्ति २५० देखि ५०० रुपयाँ तोकिएको र एक बोटको शुल्क भने एक हजार रहेको र उक्त शुल्कमा आफूहरुले ६÷७ किलोमिटर दूरीमा रहेको पारिजात पार्क लौजाने, दिनभर घुमाउने, राख्ने, खाना खुवाउने र साँझ पुन नारायणी किनारमै लिएर आउने अधिकारीले जानकारी दिए । तर, अहिलेसम्म उक्त पार्क सञ्चालनमा नआएकोले छिट्टै सञ्चालनमा आउने व्यवसायीको आशा छ । उनीहरुसँग ५ वटा बोट रहेको , चार वटा बोट दर्ता गरिएको र अहिले सञ्चालन भने दुई वटा मात्रै रहेको छ । अधिकारीले नारायणी किनारमा आफूले सञ्चालन गरेको बोटमा झन्डै चार करोड रुपैयाँ लगानी गरेको र अहिलेसम्म पनि आफूहरुले लगानी नै गरिरहेको जानकारी दिए ।

त्यस्तै, अन्तर्राष्ट्रिय तथा नेपालको केन्द्रीय कानुन अनुसार पर्यटन तथा मनोरञ्जन क्षेत्रको कर २ देखि ५ प्रतिशत भए पनि भरतपुर महानगरले आफूहरुसँग आम्दानीको २० प्रतिशत कर लिँदै आएको र आफूहरुलाई पनि प्रति व्यक्ति टिकट शुल्कबाट २० प्रतिशत नै नाफा हुने र सोही रकम महानगरलाई बुझाउन परेको उनको दुःखेसो छ । उनी भन्छन्, ‘स्थानीय निकायले कानुन अनुसार कर लिने हो भने र महानगरले नारायणगढदेखि गोलाघाटसम्म पर्यटक लगेर राख्ने व्यवस्था मिलाउर्ने हो भने अबको २\३ वर्षमा २ लाखले यहाँ रोजगार पाउने छन् ।’ त्यस्तै आगामी दिनमा नारायणी किनारलाई नेपालको अमेरिका बनाउने आफूनोे लक्ष्य रहेको उनले दाबी गरे ।

नारायणी नदी नेपालको मध्य भू–भागमा पर्ने भएकोले यहाँ पछिल्लो समय पर्यटकको आगमन क्रमिक रुपमा बढ्दै गएको श्रीनिता बोटिङका सञ्चालक गोबिन्द श्रेष्ठले जानकारी दिए । उनका अनुसार १.५ किलोमिटरको २५० र ३ किलोमिटरको ५०० रुपयाँ तोकिएको भए पनि चैत वैशाखमा नदीमा पानीको मात्रा कम हुने हुँदा तोकिएको ठाँउसम्म लान नसक्ने र बर्खाको समयमा ३÷४ महिना नै बोट सञ्चालन गर्न नपाउने उनले नारायणी अनलाइनलाई जानकारी दिए । उनका अनुसार अहिले नारायणी किनारमा २० देखि २२ वटा मोटर बोट रहेका छन् ।

त्यस्तै पहिलो पटक नारायणी किनारमा बोटिङ गर्दा निकै रमाइलो भए पनि समय निकै कम भएको हेटौँडाका विष्णु कालाखेतीले बताएका छन् । उनका अनुसार परिवारसँग आउँदा प्याकेजको व्यवस्था पनि नभएकोले सञ्चालक समितिले प्याकेजको व्यवस्था ग¥यो भने समय बढाउने हो भने यो व्यवसाय धेरै राम्रो हुन्छ । पहिले धेरै पटक बोटिङ गरे पनि यो पटक साथीहरुसँग बोटिङ गर्दा निकै रमाइलो भएको भरतपुरकी शान्ता खत्रीले नारायणी अनलाइनलाई जानकारी दिएकी छन् । उनका अनुसार यहाँ बोटिङ गर्दा निकै रमाइलो हुन्छ । नदी किनारमा विदेशी पर्यटक भन्दा पनि विभिन्न जिल्लाबाट चितवन घुम्न आएका आन्तरिक पर्यटक नै बढी पुग्ने गरेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>