चितवन विशेष

भरतपुरको धनगढा एकीकृत विकास समितिको अध्यक्षमा विश्वबन्धु पौडेल

Banner

भरतपुर, कात्तिक २५-

भरतपुर महानगरपालिका–१२ नौरंगेको धनेस्वर मन्दिर स्थित धनगढा एकीकृत विकास समितिको अध्यक्षमा विश्वबन्धु पौडेल चयन भएका छन् ।

समितिको शनिबार सम्पन्न पाचौ साधारण सभा एवम् अधिवेशनमा संयोजक ऋषि पौडेल, सदस्यहरू घनश्याम घिमिरे र सन्तोष पन्तको निर्वाचन मण्डलले पौडेलको अध्यक्षमा ११ सदस्यीय नयाँ समिति निर्विरोध चयन गरेको हो ।

जसको उपाध्यक्षमा एकराज गिरी, सचिवमा विनोद खतिवडा, कोषाध्यक्षमा कृष्णराज मरहठ्ठा, सदस्यहरुमा सिता पराजुली, गितारत्न शाही, सितल पन्त र कृष्णबहादुर अधिकारी रहेका छन् । बाँकी तीन जना सदस्यलाई पछि मनोनित गरिने छ । नयाँ कार्यसमितिले आजै शपथ ग्रहण गरेका छन् । यसअघि उद्घाटन सत्रमा धनगढा एकीकृत विकास समितिका अध्यक्ष भरतसिंह कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा धनगढालाई धनगढा बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका समाजसेवी हर्कबहादुर केसी, कुलबहादुर भण्डारी, रामबहादुर राना र डिगबहादुर गुरुङलाई दोसल्ला ओढाएर सम्मान गरेका छन् ।

कार्यक्रममा बागमती प्रदेश सदस्य सांसद ईश्वर सापकोटा सुमन ले १२ न वडालाई मात्र नभई देश विकास गर्नको लागि तेरो र मेरो भन्ने सोचबाट हाम्रो भन्ने सोचमा रूपान्तरण हुनुपर्नेमा जोड दिए । सबैको जीविकापार्जन गर्नका लागि हरेक संघसंस्थाले म बाट हामीमा रूपान्तरण गर्ने अभियान ल्याउनुपर्ने बताए । साथै वडाबासीले आफ्ना समस्या लिएर आएमा वाग्मती प्रदेशको सदस्यको हैसियतले आफ्नो बलबुताले भ्याएसम्म सम्पूर्ण सहयोग र समर्थन गर्ने प्रतिबद्धता जनाए । यस्तै पूर्वप्रदेश मन्त्री विजय सुवेदीले मानिसलाई सम्बोधन नगरिकन बजेट प्राथमिकताका आधारमा विनियोजित नगरिकन पहुँचको भरमा अरबौं रकम आफ्नो निर्वाचन क्षेत्रमा मात्रै खर्च गर्ने परिपाटीले देशको विकास नभएको बताए । साथै विकास प्राथमिकताका आधारमा मानव केन्द्रित हुनुपर्नेमा जोड दिए । भरतपुर–१२ मा धनगढा पार्कसँगै अरु २ वटा संरचनालाई अगाडि बढाउन सकेमा चितवनको नमुना पार्कको रूपमा विकास गर्न सकिने बताए ।

यस्तै वडा सदस्य जमुना ढुंगाना, नेपाली कांग्रेस–१२ का सभापति चित्रबहादुर भण्डारी, समाजसेवी तथा उद्योगी डा तिलचन्द्र भट्टराई, नौरंगी टोल विकास संस्थाका अध्यक्ष सन्तोष पन्त , संस्थापक अध्यक्ष डिकबहादुर गुरुङ, आजीवन सदस्य दिनेश चुकेलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा धनेश्वर मन्दिर र धनगढा पार्कमा रहेको जग्गालाई संरक्षण गर्ने स्वर्गीय गोरख पन्तको प्रशंसा र चर्चा गरिएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>