Breaking News

विश्वप्रकाशले भनेः रिगलको आममाफीमा प्रधानमन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्छ

Banner

काठमाडौं, कात्तिक २१-

नेपाली कांग्रेसका महामन्त्री योगराज ढकाल ‘रिगल’ लाई आममाफी दिएको विषयमा सर्वोच्चको फैसला आइसक्दा पनि सरकारको कुनै प्रतिक्रिया नआएको भन्दै असन्तुष्टि जनाएका छन् ।

रिगललाई पुनः जेल चलान गर्ने सर्वोच्चको आदेशले कैद छुटको सन्दर्भमा भइरहेको बेथितिलाई लगाम लगाउन र थिति बसाउन यो घटना कोशेढुंगा सावित हुने दाबी गरेका छन् । न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा उनले रिगललाई आममाफी दिएको विषयमा सरकारले नैतिक जिम्मेवारी लिन नसकेको टिप्पणी गरे ।

‘विकसित मुलुकमा पनि कैद सजाय पाएका मानिसहरुको सन्दर्भमा निश्चित अवधि भुक्तान गरिसकेपछि चालचलन, आचरणलाई आधार बनाएर माफीको प्रचलन हुन्छ । तर, त्यो गरिरहँदै गर्दा त्यसको मर्मलाई कुल्चियो भने अदालतले यसरी नै गरेको जस्तो हस्तक्षेपलाई स्वभाविक मान्नुपर्ने हुन्छ । कतिपय यस्ता मुद्दाहरू हुन्छन्, जुन मुद्दाको सन्दर्भमा माफीमा जान पाइँदैन । कैद छुट गर्न पाइँदैन’, शर्माको भनाइ छ ।

अहिलेसम्म पनि सरकारले रिगलको आममाफीमा आत्मालोचना र माफीसमेत नमागेको भन्दै उनले आक्रोश पोखे । यस घटनाको जिम्मेवारी लिएर राजीनामा दिनुपर्ने भन्दै अहिलेसम्म आत्मालोचना र जिम्मेवारी समेत नलिएकोमा उनको आपत्ति छ ।

आममाफीलाई महामन्त्रीले त रोक्नुपर्थ्यो नि भनेर कुरा उठेको भए पनि सरकारले निर्णय गरेकोमा पार्टीका महामन्त्रीको कुरा नरहने उनको प्रष्टोक्ति थियो । ‘पार्टीको कुरा के थियो, त्यो मुख्य कुरा हो । गणतन्त्र बलियो बन्न राष्ट्रपति संस्थाको गरिमा हुनुपर्छ । तर, राष्ट्रपति संस्थालाई विवादित बनाउने कार्य सरकारले गर्दैछ । यसअघि आममाफीको केसमा पनि गरेको थियो । पीडित परिवारजन माफी दिन चाहन्छ की चाहँदैन, त्यो हेर्नुपर्छ । अब प्रावधान बनाउँदै गर्दा छिद्रमा टेकेर जुन गल्ती भएको छ, त्यसलाई टाल्न पीडितको परिवारजनले माफी दिन तयार छ कि छैन ? भन्नेकुरा सोक्नुपर्छ’, महामन्त्री शर्माले थपे ।

प्रधानमन्त्रीले यस घटनाको नैतिक जिम्मेवारी लिई पदबाट राजीनामा गर्नुपर्ने उनको माग छ । यस घटनामा राष्ट्रपति कार्यालयले समेत हेलचेक्रयाइँ गरेको ठहर गर्दै शर्माले राष्ट्रपतिको कार्यालयले कस्तो सिफारिस हो भन्ने कुरामा ध्यान दिनुपर्नेमा जोड दिए ।

‘सर्वोच्चले गल्ती भयो भनेर फैसला गर्दासमेत कोही पनि आत्मलोचना गरेको देख्दिन । हाम्रो पार्टीको कानूनमन्त्री हुनुहुन्छ, पार्टीको उपभासपति पार्टीको टिमको लिडरसिप गरेर मन्त्रीमण्डलमा उपप्रधानमन्त्री हुनुहुन्छ । कसैले जिम्मेवारी लिनुपर्दैन ? सम्माननीय प्रधानमन्त्रीले यसमा नैतिक जिम्मेवारी आफू वा अरु कसैले लिनुपर्दैन ? बोल्नुपर्दैन ? राष्ट्रपतिको टेबुलमा पुग्दै गर्दा राष्ट्रपतिको टेबुलमा पनि राष्ट्रपतिको कार्यालयमा रहेको टीमले पनि कस्तो सिफारिसको कुरा आएको छ भनेर हेर्नुपर्दैन । कसै न कसैले कि जिम्मेवारी लिएर राजीनामा गरेर आउनुपर्दथ्यो । कसैले राजीनामाको चरणमा पुग्न नसक्ने हो भने माफी मागेर आउनुपर्दथ्यो सरकारको तर्फबाट । त्यो पनि होइन भने आत्मलोचना हुनुपर्दैन । कोही छैन जिम्मेवारी लिने ? यस्तो गम्भीर घटना हुने अनि राज्यले केही थाहा नपाएको जस्तो गरेर सबै राम्रो चलिरहेको छ भन्ने । यो अत्यन्तै गम्भीर घटना भएको छ । यसमा कसले हो जिम्मेवारी लिने ? कोही नैतिक जिम्मेवारी लिने, पद त्याग गर्ने कोही जिम्मेवार व्यक्ति हुनुहुन्छ कि हुनुहुन्न ?’

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>