काठमाडौँ
पाटन अस्पतालका चिकित्सकहरू आन्दोलित, आकस्मिक बाहेकका सेवा ठप्प
०

काठमाडौं, कात्तिक २१-
पाटन अस्पतालका चिकित्सकहरू आन्दोलित भएका छन् । गलत औषधिका कारण बिरामीको मृत्यु भएको आफन्तहरूले कुटपिट गरेको भन्दै उनीहरूले आकस्मिक बाहेकका सेवाहरू ठप्प गरेका हुन् ।
१८ गते ज्येष्ठ नागरिक वार्डमा कार्यरत स्वास्थ्यकर्मीहरुले आफ्नो कर्तव्य पूरा गर्ने क्रममा विभिन्न व्यक्तिबाट कुटपिट, गालीगलौज र ज्यान मार्ने धम्की समेत दिएर बन्ध बनाएको उनीहरूको आरोप छ ।
यस्ता अमानवीय गतिविधि भएको २ दिनबित्दा पनि दोषीलाई कारबाही नभएको भन्दै चिकित्सकहरू आन्दोलित बनेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























