देश/प्रदेश

संसदको वर्षे अधिवेशनमा सांसदलाई १५ दिनको मात्रै तलब दिए पुग्छः महामन्त्री शर्मा

Banner

काठमाडौँ, कात्तिक १९-

नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले संसदको वर्षे अधिवेशनमा सांसदहरुलाई १५ दिनको मात्रै तलब दिँदा पुग्ने अवस्था देखिएको बताएका छन् ।

दिन गुजारेको हिसावले करिब ६ महिनाको तलब लिए पनि कामको परिणामको हिसावले १५ दिनको मात्रै तलव दिँदा पुग्ने खालको अवस्था देखिएको बताएका हुन्।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा महामन्त्री शर्माले संसदलाई प्रभावकारी बनाउन आफूले पनि सांसदको रुपमा पर्याप्त काम गर्न नसकेको स्वीकार गरे । उनले संसदको वर्षे अधिवेशनमा उपलब्धि कम हुनुमा सरकारको अल्छिपना र प्रमुख प्रतिपक्ष एमालेको आवेगपनाले पनि काम गरेको बताएका हुन् । उनले उपलब्धिका दृष्टिले संसदको वर्षे अधिवेशन कमजोर देखिए पनि अनुभव भने प्रशस्त भएको र त्यसले संसदको आगामी अधिवेशनहरुलाई चाहीँ अझ प्रखर, प्रभावकारी, परिणाममुखि र उपलब्धिमुलक बनाउनुपर्ने आत्माबोध भएको पनि पटकपटक दोहोर्‍याए ।

उनले भने, ‘हामी यो संसदीय परिपाटीलाई व्यवस्थालाई परिमार्जन गर्ने र अवस्थालाई परिवर्तन गर्ने भन्ने मनोविज्ञानमा छौं । त्यसमा दृढ छौं । व्यवस्थालाई परिमार्जन गर्ने सन्दर्भमा पनि परिमार्जित सुसंस्कृत व्यवहारहरु हामीले यस बीचमा प्रस्तुत गरेका छैनौं संसदमा । अब मैले भन्न त्यति नमिल्ला । तर मान्छेले जति काम गर्छ । कामको परिणाम अनुसार यदि पारिश्रमिक दिने हो भने दिन गुजारेको हिसाबले २, ४, ६ महिनाको तलब प्राप्त गर्नु एउटा कुरा हो । लिनु एउटा कुरा हो । तर, त्यो समयमा बीचमा तिमीले परिणाम देशका सामुन्ने के पस्कियौँ भन्ने कोणबाट चाहीँ छुट्टयाएर तलब दिनुप¥यो भने केबल १५ दिनको मात्रै तलब दिँदा पुग्ने खालको अवस्था देखिएको छ । त्यसकारण यो प्रकारको संसद चलाउने कुरा सरकारले आफूलाई करेक्सन गर्नुपर्छ ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>