समाचार

विश्वकप क्रिकेटः दक्षिण अफ्रिकासंग न्युजिल्यान्ड १९० रनले पराजित

Banner

काठमाडौँ, कार्तिक १५-
आइसीसी विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई हराएको छ।भारतको पुणेस्थित महाराष्ट्र त्रिकेट स्टेडियममा आज सम्पन्न खेलमा दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई १९० ले हरायो। यसअघि टस हारेर पहिला व्याटिङ गर्न निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारीत ५० ओभरमा ४ विकेट गुमाएर ३५७ रन बनाएको थियो। जितको लागि ३५८ रनको विशाल लक्ष्य पछ्याउन नसकेर न्युजिल्याण्ड ३५ दशमलब ३ ओभरमा १६७ रन बनाउँदा अल आउट हुन पुग्यो र खेल १९० रनले हार्न पुगेको हो।

न्युजिल्याण्डका लागि विलयंगले ३३ रन, डैरिल मिचेलले २४ रन तथा ग्लेन फ़िलिप्सले ६० रन बनाए। दक्षिण अफ्रिका लागि केशव महाराजले ४ विकेट तथा मार्को यानसनले ३ विकेट लिए । त्ससैगरी जेराल्ड कट्ज़ीले दुइ विकेट कगिसो रबाडा एक विकेट लिए ।

यो जितसंगै दक्षिण अफ्रिाका ७ खेलबाट ६ मा जित र १ मा हारसंगै १२ अंक पाएर तालिकाको पहिलो स्थानमा उक्लेको छ । एक खेल कम खेलेको आयोजक भारत १२ अंक पाएपनि रनरेटका आधारमा दोस्रो स्थानमा रहेको छ । न्युजिल्याड ७ खेलमा ४ जित र ३ हारसंगै ८ अंकका साथ तालिकाको चौथो स्थानमा रहेको छ ।भोलि भारत र श्रीलंकाबिच मुम्बईमा दिउँसो २ः १५ देखि खेल सुरु हुनेछ।

दक्षिण अफ्रिकाको पालीमा क्विंटन डिकॉक र रासी वान दर दुसेंले सतक बनाए । क्विंटन डिकॉकले ११६ बलमा १० चौका र ३ छक्कासहित ११४ रन बनाए । त्यसैगरी रासी वान दर दुसेंले ११८ बलमा ९ चौका र ५ छक्कासहित १३३ रन बनाए । त्यसैगरी कप्तान तेम्बा बवूमाले २४ रन तथा डेविड मिलरले ५३ रनको योगदान दिए। त्यसैगरी हाइनरिक क्लासन १५ रनमा तथा एडन मारक्रम ६ रन बनाएर नट आउट रहे।

न्युजिल्याण्डका लागि टिम साउदीले १० ओभरमा ७७ रन दिएर २ विकेट लिए।त्यसैगरी जिमी नीशम र ट्रेंट बोल्टले एक एक जनालाई आउट गरे।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>