समाचार

क्यानेडियन ८४ वर्षीय वृद्धले हाने कुस्मामा बञ्जी

Banner

काठमाडौँ, कात्तिक १३
एड्भेन्चर हब ‘द क्लिफ’मा ८४ वर्षीय क्यानडिएन नागरिक मिसेल जुत्रासले बञ्जी हानेका छन् । ८४ वर्षीय मिसेलले बञ्जी गरी क्लिफमा सबैभन्दा बढी उमेर समूह अन्तरगर्तमा रेकर्ड कायम गरेका छन् ।

यसअघि ६६ वर्षीय विदेशी महिलाले क्लिफमा बञ्जी गरेकी थिइन् । मिसेलले कुस्मास्थिति द क्लिफमा बञ्जी तथा स्विङका साथै स्काई साइक्लिङ, स्काई ग्लाइडिङ लगायत अन्य साहसिक खेलहरू समेत खेलेको द क्लिफका अध्यक्ष राजु कार्कीले जानकारी दिए ।

बञ्जीपछि निकै उत्साहित रहेका क्यानडिएन नागरिक मिसेलले क्लिफमा आफूले निक्कै मज्जा लिएको बताए । राजु कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोँचमाथी पर्वत र बाग्लुङ बलेवा जोड्ने गरी बनाइएको द क्लिफमा विश्वकै अग्लो स्विङ र विश्वकै दोस्रो अग्लो बन्जी जम्प निर्माण गरिएको छ । बन्जी र स्विङसँगै क्लिफमा रिसोर्ट, विश्वकै अग्लो व्यावसायिक स्काइ साइक्लिङ, स्काइ क्याफे, वाल क्लाइम्बिङ, गुलेली पिङ, क्रेजी ब्रीज, स्काइ ग्लाइडिङ, स्काइ क्याफे लगायत गतिविधि सञ्चालनमा छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>