घटना -दुर्घटना

बारामा निजी स्कुलका प्रिन्सिपलको गोली हानी हत्या

Banner

काठमाडौं, कात्तिक १३-

बारामा निजी विद्यालयका एक जना प्रधानाध्यापकको गोली हानेर हत्या भएको छ। कलैयास्थित बाल एकता इंग्लिश बोर्डिङ स्कुलका प्रिन्सिपल रूपेश स्वर्णकारको सोमबार दिउँसो अज्ञात समूहको गोली प्रहारबाट मृत्यु भएको हो।

बारामा एक निजी विद्यालयका प्रिन्सिपलको गोली हानेर हत्या भएको छ। घाँटी र टाउकोमा गोली लागेका स्वर्णकारलाई कलैया प्रादेशिक अस्पतालमा उपचार गराएर थप उपचारका लागि वीरगञ्जको बयोधा अस्पताल लगिएको थियो।

उनको उपचारका क्रममा बयोधा अस्पतालमा सोमबार दिउँसो करिब २ बजेतिर मृत्यु भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी कुवेर कडायतले बताए।

मोटरसाइकल चढेर आएका व्यक्तिहरूले सोमबार दिउँसो करिब सवा १ बजेतिर स्वर्णकारमाथि गोली प्रहार गरेका थिए। बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ६ मदरसा टोलमा उनीमाथि गोली प्रहार भएको थियो।

चार जनाको समूहले स्वर्णकारमाथि गोली प्रहार गरेका थिए। गोली चलाउने समूहको खोजी भइरहेको प्रहरीले बताएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>