क्रिकेट

भारतीय दूतावासद्वारा राष्ट्रिय क्रिकेट टिमलाई क्रिकेट सामाग्री हस्तान्तरण

Banner

काठमाडौँ, कात्तिक ०९-
काठमाडौँस्थित भारतीय राजदूतावासले बिहीबार नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सरिन स्पोर्टस्बाट खरिद गरिएका २० वटा क्रिकेट ब्याटसहितका व्यावसायिक क्रिकेट सामाग्री हस्तान्तरण गरेको छ । दूतावासमा आयोजित एक कार्यक्रमबिच नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले ती सामाग्री नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द र संघका सचिव पारस खड्काको उपस्थितिमा कप्तान रोहित पौडेललाई हस्तान्तरण गरेका हुन् ।

दूतावासमा नेपाली राष्ट्रिय क्रिकेट टोली र नेपाल क्रिकेट संघका कार्यकारी सदस्यहरूका लागि स्वागत समारोहको आयोजना गरिएको थियो । उक्त कार्यक्रममाती सामाग्री बी।पी कोइराला भारत–नेपाल फाउन्डेसन र भारत सरकारको स्वामीत्व रहेको सतलज जलविद्युत निगम (एसजेभीएन)का तर्फबाट भारतीय दूतावासले प्रदान गरेको हो । यता नेपाली क्रिकेट टोलीले पनि भारतीय राजदूत श्रीवास्तवलाई टोलीले हस्ताक्षर गरेको जर्सी उपहारस्वरूप प्रदान गरेको थियो।

राजदूत श्रीवास्तवले हालै सम्पन्न एसिया कप र एसियाली खेलकुदमा नेपाली क्रिकेट टोलीको बेजोड प्रदर्शनको प्रशंसा गरेका थिए । उनले क्रिकेट सामाग्रीको हस्तान्तरणले भारत र नेपालबिचको जनता–जनताबिचको सम्बन्धमा नयाँ आयाम थप्ने बताए । उनले आगामी त्रिदेशीय टी–२० कप फाइनल र यसै महिनाको अन्त्यबाट सुरु हुने आइसीसी टी–२० विश्वकप छनोटका लागि क्रिकेट टोलीलाई शुभकामना दिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>