चितवन विशेष

दशैंमा ग्राहकलाई शुभ पेट्रोल्याण्डले दियो टिसर्ट उपहार

Banner

चितवन, कात्तिक ६–

चितवनको नारायणगढ लायन्सचोकस्थित शुभ पेट्रोल्याण्डले ग्राहकलाई मध्यनजर गर्दै विभिन्न सहयोगी कार्यक्रम गर्दै आइरहेको छ । यसपटक दशैंको अवसरमा शुभ पेट्रोल्याण्डले नियमित ग्राहकलाई उपहार स्वरुप टिसर्ट वितरण गरेको छ ।

ग्राहकलाई दशैं, तिहार, छठलगायत चाडबाडको शुभकामना दिँदै उपहार स्वरुप टिसर्ट वितरण गरिएको पेट्रोल्याण्डका संचालक सबल पियाले जानकारी दिए । ‘हामीले वर्षेनी नियमित ग्राहकलाई केही न केही सहयोग गर्दै आइरहेका छौं, यसपटक टिसर्ट वितरण गरेर खुशीयाली मनाएका छौं’–संचालक पियाले भने । उनले टिसर्ट प्रचारमुखी नभई दैनिक आवश्यकताका आधारमा प्रयोग गर्न मिल्ने गरि वितरण गरिएको बताए । प्रचारमुखी टिसर्टमा संस्थाको लोगो राख्ने गरिएपनि ग्राहकलाई बाडिएको टिसर्टमा कुनै लोगो छैन ।

संचालक पियाका अनुसार नियमित आइरहने ग्राहकहरु मध्ये अटो, म्याजिक, प्राइभेट अफिसका गाडी चलाउने चालकसहित १६० जनालाई टिसर्ट वितरण गरिएको छ । शुभ पेट्रोल्याण्ड (पम्प)ले विभिन्न समयमा अन्य सामाजिक कार्यहरु समेत गर्दै आइरहेको छ । केही समय पहिलेदेखि पम्पले भरतपुरको नारायाणी मावि र र नारायणगढको भानु माविमा केही विद्यार्थीहरुलाई निःशुल्क पढाउँदै आइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>