Breaking News

त्रिकोणात्मक सिरिजः फाइनल पुगिसकेको नेपाल आज युएईसँग खेल्दै

Banner

काठमाडौं,कात्तिक ६-

काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजमा एक खेल अगावै फाइनल प्रवेश गरिसकेको नेपालले आज यूएईसँग खेल्दैछ । खेल मुलपानी क्रिकेट मैदानमा बिहान ११ बजे सुरु हुनेछ । हङकङ पनि सम्मिलित सिरिजमा नेपाल लगातार तीन खेल जित्दै एक खेल अगावै फाइनल प्रवेश गरिसकेको छ । नेपालले यसअघि युएईलाई पहिलो खेलमा ७ विकेटले हराएको थियो ।

युएईलाई पनि नेपाललाई हराउँदै फाइनल पुग्ने अवसर छ । यसअघि नेपालसँग पराजित भएको युएईले आइतबार हङकङलाई पराजित गरेको थियो । नेपाल ३ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा छ । यूएई २ खेलबाट २ अंकसहित दोस्रो स्थानमा छ । लगातार तीन खेल हारेको हङकङ अंक विहीन हुँदै पुछारमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>