क्रिकेट

श्रीलंकाको पहिलो जित, नेदरल्यान्ड्स ५ विकेटले पराजित

Banner

काठमाण्डौँ, कात्तिक ०४-
श्रीलंकाले आईसिसी विश्वकप २०२३ मा पहिलो जित हात पारेको छ । श्रीलंकाले नेदरल्यान्ड्सलाई ५ विकेटले हराउँदै पहिलो जित हात पारेको हो । जितको लागि २ सय ६३ रनको रनको मध्यम लक्ष्य पछ्याएको श्रीलंकाले ४८.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।

श्रीलंकाको जितमा सदीरा समाराविकरमाले १ सय ७ बलमा ७ चौकासहित सर्वाधिक ९१ रनमा अविजित रहे । ओपनर पाथुम निसांकाले ५२ बलमा ९ चौकासहित ५४ रन बनाए। चरिथ असलंकाले ६६ बलमा ४४ रन बनाए । उनले दुई चौका र एक छक्का प्रहार गरे । यस्तै धनञ्जय डी सिल्भाले ३०, दुशन हेमान्था, ओपनर कुशल परेराले ५ र कप्तान कुशल मेन्डिस ११ रन बनाए ।

नेदरल्याण्ड्सका लागि स्पिनर आर्यन दत्तले १० ओभरमा ४४ रन खर्चिदै तीन विकेट लिए । पल भ्यान मिकेरेनले आठ ओभरमा ३९ रन खर्चिदै एक विकट लिदा कोलिन एकरमनले पनि ८.२ ओभरमा ३९ रन खर्चिदै एक विकट लिए ।

त्यसअघि नेदरल्यान्ड्स ४९.४ ओभरमा अलआउट हुँदै २ सय ६२ रन बनाएको थियो । डच टोलीका लागि साइब्राण्ड एँगलब्रेक्तले सर्वाधिक ७० रन बनाए ।

उनले ८२ बल खेल्दा चार चौका र एक छक्का प्रहार गरेका थिए । एँगलब्रेक्तले सातौं विकेटका लागि लोगान भ्यान विकसँग १ सय ३० रनको महत्वपूर्ण साझेदारी गर्दै मध्यम योगफलमा पुर्याएका थिए । भ्यान विकले ७५ बलमा ५९ रन बनाउँदा एक चौका र एक छक्का प्रहार गरेका थिए।

ओपनर व्याटर विक्रमजित सिंह चार रनमा आउट हुँदा अर्का ओपनर म्याक्स ओडाउडले १६ रन बनाए । तीन नम्बरमा ब्याटिङ गर्न आएका कोलिन एकरमनले ३१ बलमा पाँच चौका सहित २९ रन बनाए । त्यसपछि आएका अल राउन्डर बास डे लेडाले ६ र तेजा निदामनुरुले ९ रन बनाए । त्यस लगत्तै कप्तान स्कट एडवार्ड्सले १६ रन मात्र बनाउन सके। उनी पभिलियन फर्किदा नेदरल्याण्ड्स ९१-६ को अवस्थामा थियो ।

सो अवस्थामा एँगलब्रेक्त र भ्यान विकले कमान सम्हालेका थिए। रुलफ भ्यान डर मर्वाले सात रन बनाउँदा ११ नम्बरका पल भ्यान मिकरनले चार रन बनाए । श्रीलंकाका लागि पेसरद्वय दिलशन मदुसान्का र कसुन रजिथाले समान चार९चार विकेट लिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>