क्रिकेट

युएईले नेपाललाई दियो १४१ रनको लक्ष्य

Banner

काठमाडौं, कात्तिक १-

त्रिदेशीय टी-२० सिरिजअन्तर्गत युएईले नेपाललाई १४१ रनको लक्ष्य दिएको छ। मुलपानी मैदानमा नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको युएईले २० ओभरमा ७ विकेटको क्षतिमा १४० रन जोड्यो।

युएईका लागि बासिल हमीदले अर्धशतक प्रहार गरे। उनले ५१ रन जोडे। अभिनास बोहराको बलमा आउट हुनुअघि उनले ३८ बलमा १ चौका र ४ छक्का प्रहार गरे। त्यसअघि ओपनर खालिद शाहलाई सोमपाल कामीले पहिलो ओभरमै शून्यमा रोहित पौडेलबाट क्याच गराए।

चौथो ओभरमा करण केसीले अलिसान शाराफुलाई ६ रनमा कुशल भुर्तेतबाट सामातिए।

त्यसपछि गुल्सन झाले दुई विकेट लिन सफल भए। उनले युएईका कप्तान मोहमद वासीमालाई १७ रनमा र असिफ खानलाई १५ रनमा आउट गरेका थिए। करणले युएईका लागि ३२ रन बनाएर खेलिरहेका अली नासीरलाई १७ ओभरको पहिलो बलमा पाँचौ विकेटको रुपमा आउट गरे।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>