अपराध

सुन तस्करीमा जोडिएका दावाको होटेल भियनामा सीआईबी छापा

Banner

काठमाडौं, वैशाख २५-

सुन तस्करी प्रकरणमा जोडिएका चिनियाँ मुलका बेल्जिम नागरिक दावा छिरिङ समेतको लगानी रहेको होटेल भियनामा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले छापा मारेको छ ।

हुण्डी कारोबार भएको आशंकामा सीआईबीले छापा मारेको बताइएको छ । हुण्डी रकमसहित केही व्यक्तिलाई पक्राउ गरिएको सीआईबी स्रोतले बताएको छ । तर, यसबारे सीआईबीले भने केही पनि सार्वजनिक गरेको छैन ।

सुन तस्करी प्रकरणमा हाल पुर्पक्षमा थुनामा रहेका दावाकी श्रीमती अमला रोकाको नाममा उक्त होटल दर्ता रहेको छ ।

अमला रोका माओवादी केन्द्र निकट रोल्पा–काठमाडौं सम्पर्क मञ्चको पूर्वउपाध्यक्ष समेत हुन् । रोकासहितका व्यक्तिलाई प्रतिवादी बनाउँदै ६० किलो सुन तस्करी प्रकरणमा मुद्दा दर्ता गरिएको थियो । फरार रोकाविरुद्ध इन्टरपोलमार्फत डिफ्युजन नोटिस समेत जारी भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>