समाचार

विश्वकप छनोट फुटबलः लाओसलाई हराउँदै नेपाल दोस्रो चरणमा

Banner

काठमाडौँ, असोज ३०-
नेपाल फिफा विश्वकप छनोट फुटबल प्रतियोगिताको दोस्रो चरणमा पुगेको छ । नेपाली टोलीले मंगलबार लाओसलाई उसैको मैदानमा १—० गोलले हराउँदै फिफा विश्वकप छनोट प्रतियोगिताको दोस्रो चरणमा पुगेको हो । नेपाल समग्रमा २—१ गोलको अन्तरमा विश्वकप छनोट प्रतियोगिताको दोस्रो चरणमा पुगेको हो ।

नेपालले मंगलबार लाओसको घरेलु मैदानमा खेलिएको दोस्रो लेग खेलको ५३औँ मिनेटमा अग्रता लिएको थियो । त्यही गोल नै नेपालको जितका लागि पर्याप्त भयो । लाओसमा खेलिएको दोस्रो लेग खेलको ५३औँ मिनेटमा नेपालका लागि मनिष डाँगीले निर्णायक गोल गरेका हुन् ।

यसअघि दशरथ रंगशालामा खेलिएको पहिलो लेग खेल १—१ गोलको बराबरीमा सकिएको थियो । पहिलो लेग खेल बराबरीमा सकिएकाले दुबै टोली दोस्रो लेग खेलमा जित्नै पर्ने दबाबमा थिए । अन्ततः दोस्रो लेग खेलमा नेपालले लाओसलाई उसैको मैदानमा हराउँदै आफ्नो उत्कृष्टता सिद्ध गर्‍यो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>