समाचार

स्वास्थ्य बीमा बोर्डका ५ सदस्यले दिए सामूहिक राजीनामा

Banner

काठमाण्डौँ, असोज ३०-
स्वास्थ्य बीमा बोर्डका पाँच सदस्यले सामूहिक राजीनामा दिएका छन् । बोर्डमा कार्यवाहक कार्यकारी निर्देशक नियुक्त गरेको भोलिपल्ट बोर्डका मनोनित सदस्य डा। सुरेश तिवारी, डा.तारा साह, चन्द्र थापा, टीका चापागाईं भट्टराई र इन्द्रकला राईले राजीनामा दिएका छन् । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतलाई उनीहरूले राजीनामा बुझाएका हुन् ।

लामो समयदेखि बोर्ड अध्यक्ष नियुक्त नगरेको, बीमा कार्यक्रम गिजोल्न गलत मनसायले कार्यकारी निर्देशकलाई निलम्बन गरेको, आवश्यक जनशक्ति व्यवस्थापन नगरेको भन्दै राजीनामा दिएको उनीहरुको भनाइ छ । मन्त्री बस्नेतले स्वास्थ्य बीमा सक्न लागिपरेको र बीमालाई स्वायत बन्न नदिएको आरोप पनि लगाएका छन् ।

मन्त्री बस्नेतले यसअघि स्वास्थ्य बीमा ऐन विपरीत बोर्डका कार्यकारी प्रमुख डा.दामोदर बसौलालाई स्पष्टीकरण सोधेका थिए । त्यसको १५ दिनपछि मन्त्रिपरिषद्ले बसौलालाई तीन महिनाका लागि निलम्बन गरेका थिए । बीमा बोर्ड गत चैत १० अध्यक्षविहीन छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>