चितवन विशेष
निकिता पौडेलको ‘नारी’ टेलिभिजनबाट १२ सफल महिलाहरुको विशेष कार्यक्रम

चितवन, असोज २८-
नेपालकै पहिलो महिला आवाजको टेलिभिजन ‘नारी’ ले दसैँ तिहारलाई लक्षित गरेर नयाँ कार्यक्रमको सुरु गरेको छ ।
नेपाली समाजमा आमूल परिवर्तन ल्याउन सफल महिलाहरुसँग सो ‘नारी’ कार्यक्रम तयार पारिएको अध्यक्ष निकिता पौडेलले आज प्रेषित गरेको विज्ञप्तिमा उल्लेख गरिएको हो ।
कार्यक्रमले १२ जना अभूतपूर्व तथा महिमावान महिला नायकहरु, उनीहरुको जीवनयात्रा एवम् आरोहअवरोहका साथै केहि तितामीठा यादहरुको संगालोका रुपमा १२ वटा श्रृंखला पेस गर्ने विज्ञप्तिमा जनाइएको छ ।
हरेक साता यी संगालोहरुको प्रस्तोताका रुपमा अनुभवी तथा सफल बैंकर अनिल शाह केशरी शाहलाई पाउने जनाइएको छ । यस कार्यक्रमका लागि विज्ञापनदाताहरुको उत्कृष्ट साथ मिलेको टेलिभिजनले जनाएको छ । कार्यक्रमको टाइटल स्पन्सरमा नेपालकै नम्बर एक स्कुटर टीभीएस. एन्र्टक, पार्वड बाइ डिस होम फाइबरनेट तथा बैंकिङ पार्टनरका रुपमा सिद्घार्थ बैंक र सपोर्टिङ स्पन्सरमा अर्घाखाँची सीमेन्टको साथ रहेको छ । समाजमा महिला आवाजको सशक्तिकरणका लागि यस टेलिभिजनले आफ्नो प्रसारणमा विविधता ल्याउने तथा चुनौतिहरुलाई आत्मसात गर्ने निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ ।
देश र समाजको आधा हिस्सा ओगटेका नारीहरुलाई देशको संसद भवनदेखि वडा स्तरसम्म देशको तिनैतहमा समतामूलक सहभागिताले मात्र सार्बभौम नेपाली समाजको संरक्षण र सम्बर्द्धन हुनसक्छ भन्ने टेलिभिजनको मान्यता रहेको विज्ञप्तिमा उल्लेख छ ।

























