समाचार

देउवासंग कोशीका मुख्यमन्त्रीको भेट

Banner

काठमाण्डौँ, असोज २७
कोशीका मुख्यमन्त्री केदार कार्कीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् । आफूलाई भेट्न धुम्बाराहीस्थित निवासमै आएका कार्कीलाई देउवाले बधाई दिनुका साथै पार्टीमा सल्लाह गरेको भए हुन्थ्यो भन्ने आग्रह गरेको भेटमा सहभागी एक नेताले जानकारी दिए ।

शनिबार विहान मुख्यमन्त्री नियुक्त भएका कार्की साँझ काठमाडौं आएका थिए । काठमाडौंको त्रिभुवन विमानस्थलबाट सोझै शेखर कोइरालाको निवासमा पुगेका उनले त्यहाँ कोइराला र डा.मिनेन्द्र रिजालसँग भेट गरेका थिए । त्यसपछि मुख्यमन्त्री कार्की देउवा निवासमा पुगेका हुन् ।

कार्की आइतबार विहान ८ बजे शपथ ग्रहणका लागि विराटनगर जानेछन् र फेरि काठमाडौं आउनेछन् । उनी निकट एक नेताका अनुसार मन्त्रिपरिषद विस्तारबारे सल्लाह गर्न उनी पुनः काठमाडौं आउन लागेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>