खेलकुद

भरतपुरमा दसैँतिहार कप फुटबल प्रतियोगिता सुरु

Banner

चितवन, असोज २५–

भरतपुर महानगरपालिका वडा न ११ मा वडास्तरीय दसैँ तिहार कप फुटबल प्रतियोगिता–२०८० सुरु भएको छ ।

भरतपुर ११ मा रहेको गज खेलमैदानमा सु्रु भएको प्रतियोगिताको उद्घाटन भरतपुरका उपमेयर चित्रसेन अधिकारीले गरेका हुन् ।

प्रतियोगिताको उद्घाटन गर्दै उपमेयर अधिकारीले भरतपुर महानगरपालिकाले एक वडा एक खेल मैदानको अवधारणा ल्याएको बताए । उनले  विकासका चरणसँगै महानगरपालिकाले खेलकुदको क्षेत्रमा पनि कायापलट हुने गरी विकास गर्न चाहेको बताएका छन् । अधिकारीले भने, ‘सडक, शिक्षा, खानेपानी,सञ्चार, खेल, पर्यटन, स्वास्थ्यलगायतका क्षेत्रहरुको विकास तीव्र गतिमा हुन्छ भने भरतपुरमा मात्रै हुन्छ ।’ उनले खेल विकासको क्षेत्रमा भरतपुर महानगरपालिकाले खेलेको भूमिकाको कदर गर्दै नेपाल सरकारले आर्थिक वर्ष २०७९\०८० मा सर्वोत्कृष्ट अवार्डबाट सम्मान गरेको पनि बताए ।

‘यो सम्मानले हामीलाई थप उर्जा मिलेको छ नगर उपमेयरले भने । कार्यक्रममा वडाका जनप्रतिनिधि, सामुदायिक वनका प्रतिनिधिहरु,कर्मचारी,प्रहरी,पत्रकार तथा खेलकुदसँग सम्बन्धित अन्य संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियोे ।
उद्घाटन कार्यक्रम वडा अध्यक्ष कमल मल्लको अध्यक्षतामा सम्पन्न भएको थियोे । प्रतियोगितामा जम्मा ८ टिमले सहभागिता जनाएका छन् । प्रतियोगिता असोज २८ गते सम्म चल्ने छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>