Breaking News

इजरायली सेनाद्वारा बंकरमा फसेका नेपाली विद्यार्थीलाई सुरक्षित स्थलमा लगियो

Banner

काठमाडौं, असोज २२-

इजरायलको शेदोत नेगेभ र पामे तासाजमा रहेका विद्यार्थीलाई इजरायली सेनाले सुरक्षित स्थानमा सार्न थालेको छ ।

कृषि अध्ययनका लागि बस्ने क्रममा हमासको आक्रमणमा परेका उनीहरु बंकरमा लुक्दै आएका थिए ।

इजरायली सेना, स्थानीय संस्था र गैरआवासीय नेपाली संघको सहायतामा उनीहरुलाई उद्धार थालिएको हो ।

पर्वत पैयु ५ का नारायण भुसालले सामाजिक सञ्जालमा भिडियो पोष्ट गर्दै दिएको जानकारी अनुसार हायात रोडमा रहेका ११ मध्ये नौ जनाको उद्धार भइसकेको छ । बाँकी दुई पनि सुरक्षित स्थलमा लगिने क्रममा छन् ।

शेदोत नेगेभमा रहेका दाङ नारायणपुरका विपिन सुवेदीले पनि आफूहरु सुरक्षित स्थलतर्फ लगिँदै गरेको बताए । ‘हामी बाटोमा छौं, केही छिनमै सुरक्षित स्थलमा पुग्छौं,’ उनले भने, ‘इजरायली सेनाले हामीलाई समूह बनाएर लगिरहेको छ ।’ इजरायली सेनाले सुरक्षाको स्थितिलाई नियन्त्रणमा लिँदै गएको छ । नेपाली विद्यार्थीहरु नेपालका विभिन्न विश्वविद्यालयबाट कृषि फार्ममा प्रशिक्षार्थीको रुपमा काम गर्दै आएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>