समाचार

भोलि सार्वजनिक बिदा छैनः मन्त्री शर्मा

Banner

काठमाडौं,असोज २२-

इजरायलमा १० जना नेपालीहरुको हत्या भएको शोकमा सरकारले भोलि राष्ट्रिय शोक घोषणा गरेको छ । तर, सार्वजनिक बिदा भने दिइएको छैन । यसअघि एक मन्त्रीले दिएको सूचनामा भर परेर थुप्रै सञ्चारमाध्यमले भोलि सार्वजनिक बिदा दिइएको समाचार प्रकाशित गरेका थिए । तर, मन्त्रीपरिषदले सार्वजनिक बिदा दिने निर्णय नगरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताइन् ।

स्रोतका अनुसार बैठकमा राष्ट्रिय शोक सँगसँगै सार्वजनिक बिदा दिने विषयमा छलफल भएको थियो । तर, निर्णय भएन । मन्त्रीपरिषद बैठकले इजरायलमा मारिएकाहरुका परिवारलाई १०-१० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>