देश/प्रदेश
शौचालय जाँदा लडेर एक महिलाको मृत्यु
०

काठमाडौँ, जेठ ५-
भक्तपुरमा लडेर एक महिलाको मृत्यु भएको छ । शौचालय जाने क्रममा लडेर खोटाङको ऐसेलुखर्क गाउँपालिका-५ कि ४६ वर्षकी जमुना भट्टराईको मृत्यु भएको हो ।
सूर्यविनायक नगरपालिका-५ कटुन्जेमा गए राति साढे ३ बजे शौचालय जाने क्रममा जमुना घरको पहिलो तलाबाट लडेकी थिइन् । उनको आज (शनिबार) उपचारका क्रममा बिहान साढे ५ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रवक्ता राजन कार्कीका अनुसार लडेर गम्भीर घाइते भएकी जमुनालाई श्रीमान हिरा भट्टराईले काठमाडौं मेडिकल कलेज दुवाकोट लगेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>

























