Breaking News

पश्चिम चितवनको चनौलीमा खसी भनेर बाख्रीको मासु बिक्रि, महानगरले गर्‍यो नष्ट

Banner

चितवन, असोज १८-

भरतपुर महानगरपालिका–२० स्थित चनौलीमा रहेको मुस्कान मासु पसलले खसीको भनेर बाख्रीको मासु बिक्रि गरेको पाइएको छ । भरतपुर महानगरपालिकाबाट गएको बजार अनुगमन टोलिले आज(बिहिबार) बाख्रीको मासू बेचिरहेको अवस्थामा फेला पारेको हो ।

करिब १५ किलो बाख्रीको मासु बरामद गरेर वडा अध्यक्षको रोहबरमा नष्टगरिएको बजार अनुमगन समितिका सदस्य विष्णु भुजेलले जानकारी दिए । मासुलाई पहेँलो बनाउनको लागि अखाद्यय रंग प्रयोग गरेको पाइएको छ । सो रंग पुजाका लागि प्रयोग गरिने  भुजेलले जानकारी दिए । खसीको भनि बाख्रीको मासु बेच्ने पसलेलाई पहिलो चरणमा सचेत गराएर महानगरमा उपस्थित हुन भनिएको उनले बताए ।

भरतपुर महानगरपालिकाले आज पश्चिम चितवनका किराना पसल, मिठाई पसल र मासु पसलमा अनुगमन गरेको थियो । राम्रो देखाउनका लागि मिठाईमा अखाद्यय रंग प्रयोग गरेको भेटिएको बजार अनुगमन समितिका सदस्य गोपाल दराईले जानकारी दिए । किराना पसलमा विभिन्न कम्पनीका मानव स्वास्थ्यका लागि असर गर्ने अखाद्यय तेल भेटिएको उनले बताए । उनका अनुसार अनुगमन गरिएका धेरै पसलमा पुजाका लागि प्रयोग गरिने अखाद्यय तेल भेटिएको छ ।

आज भरतपुर महानगरपालिका वडा नम्बर ४को एस फोर मार्ट, मंगलपुरको जेनिशा किराना पसल, सुरोज किराना स्टोर्स, भिमनगरको न्यू विवेक इन्टरप्राइजेज, सिंहदरबार खाजा घर, ओकेन मार्ट, चनौलीको मुस्कान मासु पसल, स्वीट एण्डचाट हाउस, बालाजी स्वीट एण्ड चाट हाउस र सुवेदी किराना स्टोर्समा अनुगमन गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>