चितवन विशेष

चितवनमा असोज २१ बाट सुपथ मूल्य पसल सञ्चालनमा आउने

Banner

चितवन, असोज १८–

चितवनमा दसैँ तिहारलाई लक्षित गरेर असोज २१ गते बाट सुपथ मूल्य पसल सञ्चालनमा आउने भएको छ ।

साल्ट ट्रेडिङ कर्पाेरेसनले सञ्चालनमा ल्याउने सुपथ मूल्य पसल छठसम्म नारायणगढमा सञ्चालनमा आउने भएको हो ।

पसलमा बजार भन्दा सस्तो मूल्यमा खाद्यान्न सामग्रीहरु उपलब्ध हुने कर्पाेरेसनले जनाएको छ । पसलमा चिनीलगायत विभिन्न खाद्यान्नको मूल्य कति तोक्ने भन्नेबारेमा मन्त्रालयमा निर्णय आइनसकेको कर्पाेरेसन चितवनका प्रमुख बुद्धिविनोद दाहालले नारायणी अनलाइनलाई जानकारी दिए । उनले भने, ‘ कुन खाद्यान्नको मूल्य कति छुटमा उपलब्ध गराउने भन्ने परिपत्र भोलिसम्म आउने विश्वास छ । पसल सञ्चालन भने २१ गतेबाट गर्ने निश्चित भएको छ ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>