खेलकुद

ललितपुरमा हुने खेलकुद महोत्सवमा चितवनका दुईसहित बागमतीबाट १२ कराँते खेलाडी सहभागी हुँदै

Banner

चितवन, असोज १८-

नेपाल खेलकुद महासंघ समाजवादीको आयोजनामा हुने नेकोश खेलकुद महोत्सवमा चितवनका दुईसहित बागमती प्रदेशबाट कराँतेका १२ खेलाडी सहभागी हुने भएका छन् ।

नेपाल कराँते महासंघ बागमती प्रदेशले महोत्सवको कराँते प्रतियोगिताका लागि १२ खेलाडी छनौट गरेको हो ।

महासंघले पुरुष कुमुतेतर्फ पाँच, महिला कुमुतेतर्फ पाँच तथा महिला र पुरुष काँतातर्फ समान एक–एक खेलाडी छनौट गरेको छ ।

पुरुष कुमुतेतर्फ ६० केजी तौलमा चितवनका मिलन नेपाली, ६७ केजीमा मकवानपुरका निमा शेर्पा, ७५ केजीमा काठमाडौंका रविन त्रिपाठी, ८४ केजीमा रसुवाका पासाङ ग्याल्जेन र ८४ केजीमाथिमा चितवनका जीवन महतो रहेका छन् ।

महिला कुमुतेतर्फ ५० केजी तौल समूहमा दोलखाकी सोनाम शेर्पा, ५५ केजीमा काठमाडौंकी सृजना महतरा, ६१ केजीमा काठमाडौंकी रमिता माझी, ६८ केजीमा काठमाडौंकी कालाहाङ लिम्बु र ६८ केजी माथिमा ललितपुरकी सुजाता घिसिङले प्रतिस्पर्धा गर्ने भएका छन् ।

यस्तै पुरुष काँतामा सिन्धुलीका निरजकुमार सिंजाली मगर तथा महिला काँतामा ललितपुरकी मिरा खातीले बागमती प्रदेशबाट प्रतिस्पर्धा गर्ने महासंघका अध्यक्ष गगन लामाले जानकारी दिए । प्रशिक्षकको रुपमा गुजय सिंह र टिम व्यवस्थापकमा दुर्गा कुमाल रहेका छन् । प्रतियोगिता कराँते महासंघको केन्द्रीय हल सातदोबाटो ललितपुरमा असोज २० देखि २३ गतेसम्म हुनेछ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>