चितवन विशेष

चितवनमा सञ्चालित उद्यमी मेलामा दर्शकको उल्लेख्य सहभागिता

Banner

चितवन, असोज ६-

चितवनमा सञ्चालित महिला उद्यमी मेलाको दोस्रो दिन आज दर्शकको उल्लेख्य सहभागिता रहेको छ ।

शनिबारबाट सुरु भएको मेलामा चितवनका महिलाहरुको उल्लेख्य सहभागिता रहेको उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले बताएका हुन् ।

श्रेष्ठले भने, ‘ बागमती प्रदेशका विभिन्न जिल्लाबाट महिला उद्यमीहरुले हस्तकलाका सामग्री मेलामा राखेकोले पनि महिला दिदीबहिनीहरु र आमासमूहहरुको मेलामा उल्लेख्य सहभागिता रहेको छ । उहाँहरुलाई न्यूनतम शुल्क लिएर हामीले खाने बस्ने व्यवस्था गरेका छौं ।’

उद्योग वाणिज्य संघ चितवन तथा महिला उद्यमी विकास समितिको आयोजनामा उद्योग वाणिज्य संघपरिसमा उद्यमी मेला सुरु भएको हो । असोज ८ गते सम्म लाग्ने मेलामा हस्तकला, लघु उद्योग, घरेलु उद्योगलगायतका सामानहरु राखिएको छ ।

चितवनकी सांसद अञ्जली श्रेष्ठले मेलाको उद्घाटन शत्रमा प्रत्येक दुई वर्षमा उद्योग वाणिज्य संघले मेला आयोजना गरे पनि महिलासँग स्टलको पैसा लिने गर्दा महिलालाई आर्थिक भार झनै बढेको बताइन् । उनले अब वाणिज्य संघले निः शुल्क रुपमा महिलालाई स्टल प्रदान गर्नुपर्ने विचार राखिन् । आजका दिनसम्म महिलाले भ्रष्टचार गरेको घटना सुनिएको छैन र सुन्न पनि नपरोस् भन्दौ श्रेष्ठ भन्छिन्, ‘ पछिल्लो समय महिला विभिन्न क्षेत्रमा अगाडि बढे पनि उनीहरुले बनाएको सामानले बजार मूल्य नपाउँदा यस विषयमा सबै व्यक्ति गम्भीर हुन आवश्यक छ र म पनि आफूनो ठाउँबाट महिलालाई आफूले सकेको सहयोग गर्न तयार छु ।’

त्यस्तै जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण अधिकारीले जनसंख्यालाई जनशक्तिको रुपमा रुपान्तरण गर्नुपर्ने बताए । सरकारले बजार निर्धारण गर्दा बजारमा सामान मागको अवस्था बुझने हो भने रोजगार सिर्जना हुन्छ र सबैले सबैको काम, सिपको प्रोत्साहन गर्न पनि अवश्यक रहेको उनको भनाइ छ । महिला उद्यमशिलताको विकास महिला सशक्तिकरण र उद्योगको विकासले मात्रै सम्भव भएकोले मेलामा स्टल राख्नेलाई उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष श्रेष्ठले धन्यवाद व्यक्त गरेका छन् ।

श्रेष्ठको अनुसार गत वर्ष कोरोनाका कारण संघले मेला आयोजना गर्न नसके पनि यस वर्ष मेला आयोजना गरिएको हो । उनी भन्छन्, ‘अब महिला चार भित्तामा मात्रै सिमित भएर बस्नु हुँदैन र पुरुष मात्रै उद्योग क्षेत्रमा लाग्दा आधा देशको विकास हुने भएकोले अब महिला बाहिर निस्किएर विभिन्न क्षेत्रमा सारिक हुनु पर्छ । जसको कारण सिङ्गो देशकै विकास हुन्छ ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>