क्रिकेट
क्यानको अध्यक्षमा बर्दियाका भण्डारी उठ्ने
०

काठमाडौँ, असोज ५–
नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा बर्दियाका विनयराज भण्डारी उठ्ने भएका छन् ।
आजदेखि सुरु हुन लागेको क्यानको वार्षिक साधारणसभा तथा अधिवेशनमा बर्दिया जिल्ला क्रिकेट संघका अध्यक्ष समेत रहेका भण्डारीले क्यानको अध्यक्षमा उठ्ने घोषणा गरेका हुन् ।
उनी लुम्बिनी प्रदेश क्रिकेट संघको उपाध्यक्ष समेत हुन् । भण्डारी पहिलो पटक केन्द्रीय निर्वाचन लड्न लागेका हुन् ।
अध्यक्ष चतुरबहादुर चन्द नै फेरि अध्यक्षमा दोहोरिने तयारीमा रहेकाले आफूले उम्मेदवारी दिन लागेको भण्डारीले बताएका छन् । चन्दसंग रुष्ट मतदाताले आफूलाई भोट दिने दावी गरे ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>